लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

युरोपका केही भाग बन्दै छन् सुक्खा: अध्ययन

एजेन्सी
लन्डन, २२ असार

जलवायु परिवर्तनले हामी सबैलाई असर गरिरहेको छ । मानवताले सामना गरिरहेको समस्यालाई सम्बोधन गर्न तत्काल आवश्यकता रहेको अन्यथा पृथ्वीमा हाम्रो अस्तित्व खतरामा पर्नेछ । हामी डरलाग्दो भविष्यतर्फ जाँदैछौँ भन्ने एउटा पछिल्लो संकेतमा एउटा अध्ययनले स्पेन र पोर्चुगलका भागहरू विगत १२०० वर्षको तुलनामा सुक्खा भएको पत्ता लगाएको छ । सुख्खा हावापानीले यी दुई देशहरूमा मदिरा र ओलिभ उत्पादनलाई असर पार्ने सम्भावना छ ।

अनुसन्धानकतर्ताले एट्लान्टिक क्षेत्रमा घडीको दिशामा सर्ने एजोर्स हाइलाई अध्ययनको केन्द्र बनाएका थिए । एजोर्स हाई उच्च वायुमण्डलीय चापको क्षेत्र हो । यसलाई युरोपमा वर्षाको लागि ‘गेटकीपर’ भनिन्छ । युरोपमा हिउँदे वर्षा एजोर्स हाउका कारणले हुन्छ । यसले महादेशमा पश्चिमी हावाहरू भित्र पठाउँछ । यस घटनाको अध्ययन अमेरिकाका अनुसन्धानकर्ताहरूले गरेका थिए र नेचर जियोसाइन्स जर्नलमा प्रकाशित छ ।

उच्च–दबाव प्रणालीसमेत भनिने एजोर्स हाई गत शताब्दीमा नाटकीय रूपमा परिवर्तन भएको छ र उत्तरी एट्लान्टिक जलवायुमा यी परिवर्तनहरू विगत सहस्राब्दीमा अभूतपूर्व भएको अध्ययनले पत्ता लगाएको छ । यस अध्ययनमा जलवायु मोडेल सिमुलेसन प्रयोग गरिएको थियो ।


प्रकाशित : २०७९ असार २२, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप