लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जब राईले ‘जातीय विभेद गर्दिनँ’ भने…

खोटाङ, २३ असार

जातीय विभेद नगर्ने प्रतिबद्धता जनाउने खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका श्यामकुमार राईलाई सम्मान गरिएको छ । राष्ट्रिय छुवाछुतमुक्त दिवसको अवसरमा आयोजित सार्वजनिक कार्यक्रममार्फत् आगामी दिनमा कुनै पनि जातीय विभेद नगर्ने घोषणा गरेका राईलाई नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटेहाङ कमिटीले सम्मान गरेको हो । राईलाई दोसल्ला ओढाएर अबिर लगाइदिएर सम्मान गरिएकोे नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका पालिका कमिटी सचिव युवराज कालिकोटेले बताए ।

छुवाछुतमुक्त दिवसको अवसरमा आयोजित महिना दिने कार्यक्रममा राईले सबै मान्छे एक भएकाले कसैले कसैलाई विभेद नगर्न आह्वान गरेका छन् । उनले आफ्नो घरमा जुनसुकै जातिलाई प्रवेश गर्न रोकतोक नहुने घोषणा गरेका छन् । ‘म बिन्दबहादुर राईको छोरा श्यामकुमार राई हो । म अहिले ३९ वर्ष पुगेँ । हामी सबै मान्छे-मान्छे एक हौँ । कसैले कसैलाई विभेद गर्नु हुँदैन,’ राईले घोषणा गर्दै भने, ‘मेरो घरमा जो सुकै आएर पस्न सक्नुहुन्छ । बरु केही साथीहरू आएर मेरो घरमा पस्न डराउनुुहुन्छ । नडराउनुस्, कुनै छेकवार छैन ।’

गत २२ जेठमा खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीबाट सुरु गरिएको एक महिने राष्ट्रिय छुवाछुतमुक्त दिवस खोटेहाङ गाउँपालिका–७ खोटाङबजार पुगेर समापन गरिएको छ । दिवसको अवसरमा संघले दलित समुदायको सामाजिक र आर्थिक परिवर्तनका लागि स्थानीय सरकारसमक्ष जनचेतनामुलक, क्षमता विकास र सघन क्षेत्र विकास कार्यक्रम गर्न माग राखेको छ ।

यस्तै, ‘जातीय छुवाछुत गर्दिनँ’ भन्ने स्वघोषणा गर्ने/गराउने, जातीय छुवाछुत गर्नेलाई सरकारी सेवासुविधाबाट बञ्चित गर्ने व्यवस्था गर्न, प्रत्येक वडामा दलित शिर्षकमा बजेट विनियोजन गर्न लगायतमा माग राखिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले जनाएको छ ।

दिवस समापनको अवसरमा दलित समुदायका १८ जनालाई १० हजार बराबरको औजार र २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सचिव कालिकोटेले जानकारी दिए ।


प्रकाशित : २०७९ असार २४, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप