लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रकाशमा फेरिएका प्रदीप खड्का

काठमाडौं, २६ असार

अभिनेता प्रदीप खड्का भन्नासाथ जोकोहीलाई उनको चकलेटी अनुहार र अभिनयको सम्झना आउँछ । प्रेमकथाका फिल्ममा चकलेटी लुक्स र अभिनयबाट दर्शकको मन जित्न सफल प्रदीप फिल्म ‘प्रकाश’मा पहिलोपटक कर्णालीको जुम्लाको युवाको भूमिकामा देखिँदैछन् । यो फिल्म प्रदीपका लागि किन पनि भिन्न छ भने उनी फिल्ममा शिक्षक बन्ने सपना बोकेको गाउँले चरित्रमा देखिँदैछन् । फिल्म आगामी १० भदौमा रिलिज हुँदैछ ।

फिल्म युनिटले आइतबार सार्वजनिक गरेको प्रदीपको दुई तस्वीरमा यो कुरालाई प्रष्ट्याएको छ ।  फिल्मका निर्देशक दिनेश राउत फिल्ममार्फत प्रदीपले आम नेपाली युवाहरुको प्रतिनिधित्व गर्ने दाबी गर्छन् । त्यही दाबीलाई पुष्टि गर्न उनका दुई तस्बिर सार्वजनिक गरिएको उनको भनाइ छ ।

फस्टलुकमा अभिनेता प्रदीपलाई हलो जोतिरहेको देख्न सकिन्छ । उनले ट्राउजर र सर्ट लगाएका छन् । फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दिपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।


प्रकाशित : २०७९ असार २६, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप