लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अनेरास्ववियूको विराेधकाे अनौठो शैली, मन्त्रीकै मुकुण्डो लगाएर सडकमा माग्न बसे

पोखरा, २७ असार

प्रदेश सरकारले राज्यकोष मन्त्री र नेताका बा–आमाका नाममा खुलेका प्रतिष्ठान र संस्थामा बाढेपछि चौतर्फी आलोचना भैरहेको छ । यही क्रममा एमालेनिकट अनेरास्ववियूले साेमबार पोखरामा अनौठो विरोध प्रदर्शन गर्‍यो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको मुकुण्डो लगाएर उनीहरू सडकमै माग्न बसे । ट्रष्टलाई सहयोग गर्ने भन्दै व्यांग्यात्मक रुपमा एक रुपैयाँ उठाउन थालेको अनेरास्ववियूका गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले बताए ।

अनेरास्ववियुले पोखरा-७ रत्नचोकबाट उक्त अभियान सुरु गरेको हो । यसलाई पोखराका विभिन्न चोक र जिल्ला जिल्लामा विस्तार गर्ने पौडेलको भनाइ छ । मुख्यमन्त्री पोखरेलका बाबु गोवर्धन शर्माको नाममा ५० लाख, मन्त्री श्रेष्ठका बाबु पुननारायण र आमा धनकुमारीको नाममा खुलेको ट्रष्टमा दुई शीर्षकबाट एक करोड विनियोजन भएको थियो । यस्तै, विभिन्न पार्टीमा आवद्ध व्यक्ति तथा संस्थालाई १० करोडभन्दा धेरै रकम विनियोजन गरिएको छ ।

उक्त कार्यको विरोध गर्दै अनेरास्ववियूले नौलो विरोध शैली अपनाएकाे हाे । विरोधपछि मुख्यमन्त्री पोखरेलको सचिवालयले  विज्ञप्ती जारी गरी उक्त बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्च गर्न मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

त्यसअघि नै मन्त्री श्रेष्ठले उक्त रकम आफूले नलिने घोषणा गरे । सांसद पियारी थापाले खोलेको संस्थामा पनि हालसम्म गण्डकी सरकारले ६० लाख खर्च गरिसकेको छ भने आगामी वर्षका लागि थप ७० लाख छुट्याइएको छ ।


प्रकाशित : २०७९ असार २७, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप