लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माथिल्लो दोर्दी ए को बिजुली साउनबाट बल्ने

लमजुङ २८ असार

लमजुङको दोर्दिखोलामा निर्माण सम्पन्न गरी विद्युत उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ए ले साउनबाट उत्पादन गर्ने भएको छ ।

लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माण सप्पन्न माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन साउन महिनादेखि गर्ने लक्ष्य राखेको हो ।

२५ मेगावाट क्षमताको याे आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । आयोजनाले पटक-पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद आगामी साउन महिनासम्म रहेको र सो भित्रै जसरी पनि बिजुली उत्पादन हुने उनको भनाइ छ ।

आयोजना निर्माणका क्रममा  तीन अर्ब ९६ करोड लगानीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ ।


प्रकाशित : २०७९ असार २८, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप