लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

श्रीलंकाको पछिल्लो अवस्थाबारे के भन्छ आईएमएफ ?

एजेन्सी

कोलम्बो, २९ असार

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) आईएमएफले श्रीलंकामा चलिरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । श्रीलंकाको राजनीतिक संकट चाँडै समाधान हुने र त्यसले आईएफएफले सहयोग गरेका कार्यक्रमबारे वार्ता पुनः वार्ता सुरु हुने पनि आईएमएफले विश्वास गरेको छ ।

आईएमएफले अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री विक्रमासिंघेसँग नीतिगत तहको वार्ता सम्पन्न गरेको छ  र केही आर्थिक समस्या समाधान हुन बाँकी रहेका जनाएको छ । तर, प्रधानमन्त्री विक्रमासिंघेले केही दिनमा राजीनामा दिने घोषणा गरेकाले वार्ताको भविष्य अन्यौलमा परेको छ ।

‘हामी श्रीलंकामा चलिरहेको घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौँ’, श्रीलंकाका लागि आईएमएफ वरिष्ठ मिसन प्रमुख पिटर ब्रुअर र आईएमएफ मिसन प्रमुख मासाहिरो नोजाकीले आइतबार एक विज्ञप्तिमा भनेका छन् ।

‘हामी वर्तमान अवस्थालाई समाधान गर्ने आशा गर्दछौं जसले आइएमएफ समर्थित कार्यक्रममा हाम्रो वार्ता पुनः सुरु गर्न अनुमति दिनेछ ।  हामी वित्त मन्त्रालय र श्रीलंकाको केन्द्रीय बैंकमा हाम्रा समकक्षहरूसँग प्राविधिक छलफल जारी राख्ने योजना गर्छौ’, इकोनोमी नेक्स्टले रिपोर्ट गरेको छ ।

यसैबीच, केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले मौद्रिक कार्यक्रमको लक्ष्य पूरा भएको बताएका छन् ।

श्रीलंकाका हजारौं सरकार विरोधी प्रदर्शनकारीहरूले शनिबार कोलम्बोको उच्च सुरक्षा किल्ला मानिएको राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेका थिए ।

यसैबीच,  राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् । ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ ।

राजपाक्षेको प्रस्थानले  श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए । त्यस्तै गोटाबायका  भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । उनी अमेरिका जाँदै गरेको बताइएको छ ।


प्रकाशित : २०७९ असार २९, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप