लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

दुर्लभ रक्त समूहः भारतको पहिलो र विश्वकै दशौं व्यक्ति गुजरातमा भेटिए

एजेन्सी
नयाँ दिल्ली, ३० असार

भारतको पश्चिमी राज्य गुजरातमा एक ६५ वर्षीय व्यक्तिको दुर्लभ रगत समूह ईएमएम नेगेटिभ पत्ता लागेको छ । यो समूहलाई अन्य रक्त समूह ए, बी, ओ, वा एबीमा वर्गीकृत गर्न सकिँदैन ।

ती व्यक्ती हृदय रोगबाट पीडित छन् ।

मानव शरीरमा ए, बी, ओ, आरएच, र डफी सहित ४२ विभिन्न प्रकारका रक्त प्रणालीहरू छन्। सामान्यतया, त्यहाँ चार फरक रक्त समूह प्रकार छन् । ईएमएम विभिन्न प्रकारका ३७५ एन्टिजनहरूमा पनि उच्च मात्रामा उपस्थित हुन्छ ।

विश्वमा अहिलेसम्म ९ जनामा मात्रै दुर्लभ रगतको समूह छ । यी अत्यन्त दुर्लभ रगत समूह भएका मानिसहरूले अरूबाट रगत दान र प्राप्त गर्न सक्दैनन् ।  पछिल्लो पटक गुजरातको राजकोटका ६५ वर्षीय पुरुषमा पनि यस्तो दुर्लभ देखिएको छ ।

सुरतको समर्पण रक्तदान केन्द्रका चिकित्सक सन्मुख जोशीका अनुसार हृदयघातपछि अहमदाबादमा उपचार गरिरहेका ती बृद्धलाई मुटुको शल्यक्रियाका लागि रगत आवश्यक थियो ।

तर, अहमदाबादको प्रथमा प्रयोगशालामा उनको रगतको समूह पहिचान गर्न नसकेपछि सुरत रक्तदान केन्द्रमा नमूनाहरू मात्र पठाइएको थियो ।

पछि ती वृद्धको रक्त समूह भारतमा पहिलो र विश्वको दशौं घटना भएको पत्ता लाग्यो । इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजन (आइएसबीटी) ले यसलाई ईएमएमः नेगेटिभ भनेर तोकेको छ किनभने रगतमा ईएमएम छैन ।


प्रकाशित : २०७९ असार ३०, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप