लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एलपीएल सातौँ संस्करण कात्तिक दोस्रो साताबाट

काठमाडौं, ३१ असार

विद्यालयस्तरीय अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको ( एलपीएल ) सातौँ संस्करणको आयोजना धनगढीमा आगामी १३ कात्तिकदेखि २६ कात्तिकसम्म हुने घोषणा भएको छ।

विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगले  मिति घोषणा गरेको हो।लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सले आयोजना गर्ने प्रतियोगिताको विजेताले २ लाख ५१ हजार १५१ रुपैयाँ प्राप्त गर्ने छन्।

यस्तै उपविजेताले १ लाख २५ हजार १२५ रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले ३ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द सिरिजले ३० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहनेछ । सहभागी  प्रत्येक टिमले ४ जना अन्डर-१९ राष्ट्रिय टिमका खेलाडीहरू समावेश गर्न पाउने प्रावधान छ। लिगको गत संसकरणमा अन्डर-१९ राष्ट्रिय टिमका कप्तान तथा राष्ट्रिय क्रिकेटर देव खनाल सहित आदील अन्सारी, बसिर एहमद सहित यु-१९ राष्ट्रिय क्रिकेटरहरु  सन्तोष कार्की, अर्जुन साउद, शेर मल्ल, प्रकाश जैसी, विपन रावल, विशाल बिक्रम केसी, सुवास ऐयर, आकाश चन्द, गौतम केसी, खडक बोहरा विभिन्न टिमबाट सहभागी थिए।

२०७३ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताको प्रत्यक्ष प्रशारण पहिलो पटक राष्ट्रिय टेलिभिजन टिभी टुडे एच. डी. ले गर्नेछ। यस कदमले प्रतियोगितालाई अझ लोकप्रिय र राष्ट्रव्यापी बनाउने विश्वास आयोजकले लिएको छ। प्रतियोगितालाई नेपाल क्रिकेट संघले समेत मान्यता दिईसकेको छ।

विगतको संस्करणभन्दा यस पटक प्रतियोगितालाई थपस्तरीय बनाउने आयोजकले विश्वास व्यक्त गरेको छ। ‘सहभागी १० टिमहरुलाई दुई समूहमा विभाजन गरिनेछ, जसकारण एउटा टिमले ४ वटा लिग चरणकै खेल खेल्न पाउनेछन्, जसबाट विद्यालयहरुभित्र लुकेर रहेका नव प्रतिभाहरू पहिचान गर्न सजिलो हुनेछ ।’ लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताएका छन्।

प्रतियोगिताको गत संस्करणको उपाधि सन्तोष कार्की कप्तानीको सत्यवती एकेडेमीले जितेको छ। उसले फाइनलमा शेर मल्ल कप्तानीको विद्या भुषण स्कुललाई १६१ रनको विशाल अन्तरले पराजित गरेको थियो।


प्रकाशित : २०७९ असार ३१, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप