लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

महिन्दा राजापाक्षेलाई देश छाड्न रोक

एजेन्सी
कोलम्बो, ३२ असार
श्रीलंकामा राजापाक्षेको राजनीतिक परिवारलाई एकपछि अर्को झट्का लागेको छ । श्रीलंकाको राष्ट्रपतिबाट गोटाबाया राजापाक्षेले राजीनामाको औपचारिक घोषणा गरेपछि सर्वोच्च अदालतले उनका दुई भाइ पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बसिल राजापाक्षेलाई देश छाड्न रोक लगाएको छ ।

गोटाबाय राजापाक्षे भने यसै साताको सुरुमा देश छाडेर माल्दिभ्स र त्यसपछि सिंगापुर भागेका थिए । महिन्दा राजापाक्षेले दुई महिनाअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनका भाइ तथा निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेको कार्यालय बाहिर प्रदर्शन  गरिरहेका केही व्यक्तिमाथि आफ्ना समर्थकहरूले आक्रमण गरेपछि महिन्दाले राजीनामा दिएका थिए ।

महिन्दाको राजीनामापछि गोटाबाय राजापाक्षेले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । पेसाले वकिल विक्रमासिंघे पहिलो पटक सन् १९७७ मा संसदमा निर्वाचित भएका थिए । उनी पहिलो पटक सन् १९९३ मा प्रधानमन्त्री बनेका थिए ।

तीब्र प्रदर्शनबीच महिन्दाका भाइ गोटाबाय राजापाक्षे बुधबार माल्दिभ्सको राजधानी माले र त्यसको भोलिपल्ट सिंगापुर भागेका थिए । उनी सेनाको विमानमा माले पुगेका थिए ।

श्रीलंका टाट पल्टिएको छ । यस्तो अवस्था अझै एक वर्ष रहन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।
श्रीलंकामा खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक बस्तुको अभाव छ ।


प्रकाशित : २०७९ असार ३२, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप