लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

नबौं राष्ट्रिय खेलकुदका लागि गण्डकीमा तयारी सुरु

पोखरा, ९ साउन

नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा सहित विभिन्न जिल्लामा संरचना अनुसार खेलकुदका प्रतियोगिता हुन लागेको हो । गण्डकीमा हुने प्रतियोगिताको तयारी प्रदेशबाट पनि सुरु भएको हो । सोमबार प्रदेश खेलकुद परिषदले पूर्ण बैठक बसेर तयारी सुरु गरेको हो ।

बैठकले खेल स्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षेत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन, स्वास्थ्य उपसमिति संयोजकमा निर्मला बराल र सदस्यमा शुभकन्या गुरुङ, यातयात व्यवस्थापन उपसमिति संयोजकमा तारा माया थापा, सुरुक्षा उपसमिति संयोजकमा ऋषीराम गौतम, प्रचार प्रसारमा केशव पाठक, खेल सामाग्री तथा पोशाक उपसमिति संयोजकमा अमृत बराल, स्रोत परिचालन उपसमिति संयोजकमा दिल बहादुर गुरुङलाई जिम्मेवारी दिएको छ ।

त्यसै गरी अनुशन्धान उपसमिति संयोजकमा गण्डकी विश्वविद्यालय, स्वय सेवक परिचालन उपसमिति संयोजकमा गिरमान गुरुङ र सदस्यमा बासु बराल, अतिथि सत्कार उपसमिति संयोजकमा विष्णु मायाँ गुरुङ र सदस्यमा चन्दा घले गुरुङ, समारोह उपसमिति संयोजकमा बसन्तराज दवाडी र सदस्यमा आकृती भण्डारीलाई जिम्मेवारी दिएको उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए ।
खेल सञ्चालन कार्यविधि २०७९ छलफल पछि स्विकृतीका लागि यूवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णय गरिएको छ । प्रतियोगिता आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुनेछ । खेलकुदको तयारी तथा टिम छनोट र बन्द प्रशिक्षणका लागि करिव ७ करोड खर्च लाग्ने अनुमान सहित परिषद्ले मन्त्रालयसँग बजेट मागेको छ ।


प्रकाशित : २०७९ श्रावण ९, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप