लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

१० प्रतिशत फट्याइको राजनीति गर्ने व्यक्तिका कारण जनतामा वितृष्णा बढ्यो : कांग्रेस नेता महर

काठमाडौं, १२ साउन

नेपाली कांग्रेसका नेता नैनसिंह महरले १० प्रतिशत फट्याइको राजनीति गर्ने व्यक्तिका कारण नेपालमा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् ।

विश्व सहयोग संघ नेपाल तथा सौरपानी मिडियाद्वारा आयोजित स्रष्टा सम्मान तथा मणि नेपालीको पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता महरले ९० प्रतिशत नेताकार्यकर्ता असल रहे पनि १० प्रतिशतको खराब प्रवृत्तिका कारण राजनीतिप्रति वितृष्णा पैदा भइरहेको टिप्पणी गरेका हुन् ।

‘१० प्रतिशत खराब प्रवृत्तिलाई देखाएर समग्र राजनीतिलाई कलंकित पार्न खोजिएको छ। लाञ्छना लगाउन खोजिएको छ। राम्रा कामको चर्चा नै हुन छोडेको छ । राम्रा कार्यको सम्मान नगर्ने प्रवृत्ति मौलाउँदै गएको छ,’ उनले भने । समाजमा पछिल्लो समय नकारात्मक टीकाटिप्पणी हुने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै युवाहरूले राम्रा कामको तारिफ गर्ने कार्यलाई पनि बढाउनु पर्ने बताए ।

उनले राजनीतिलाई सबैले सम्मान गर्न सक्ने खालको बनाउन आवश्यक रहेको बताएका छन् । ‘चार महिना पहिले विराटनगरबाट काठमाडौं विमानस्थलमा ओर्लिदा तल एउटा भिभिआइपी बोक्ने सानो भ्यान आइरहेको थियो । हामी जहाजबाट उत्रिएर बसमा चढ्यौं । मलाई त्यतिबेला लाग्यो कुनै दिन यो देशको म प्रधानमन्त्री भए भने यो भिभिआइपी भ्यानमा नचढेर म यो बसमा यात्रा गर्न सक्छु की सक्दैन । बसमा बस्दा मनमा धेरै कुरा खेले । प्रधानमन्त्री बन्दा पनि जनताको माझमा यसरी नै बस्दा यो भ्रष्ट नेता हो भनेर जुत्ता हान्ने अवस्था नआई यो मेरो समाज सुधारक प्रिय नेता हो भनेर अंकमाल गर्ने अवस्था सिर्जना हुन आवश्यक छ। जनतालाई हामीले भगवान प्रत्येक्ष नदेखे पनि समाजसुधारकको रुपमा यही नेता हाम्रो भगवान हो भन्ने आभास दिलाउन सक्नुपर्छ,’ महरले भने ।

उनले राजनीतिलाई यसरी सुधार गर्दै सम्मान गर्ने बाटोमा लैजान सके देश समृद्धिको बाटोमा जाने बताएका छन् । उनले नेताले मात्र नभएर जनताले पनि राम्रा कामको चर्चा गर्दै सबैलाई सत्मार्गमा लाग्न प्रेरित गर्नुपर्ने बताए ।


प्रकाशित : २०७९ श्रावण १३, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप