लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मुगु र जुम्लामा सवारी दुर्घटना, तीन जनाकाे मृत्यु, ६ जना घाइते

मुगु, १५ साउन

कर्णाली प्रदेशकाे मुगु र जुम्लामा आइतबार भएकाे छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाकाे ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

छायाँनाथ रारा नगरपालिका-१३ रुगा गाउँबाट सदरमुकाम गमगढी बजार आउँदै गरेको लु४च ६७६२ नम्बरको ट्याक्टर दुर्घटना हुदा छायाँनाथ रारा नगरपालिका-१३ का अन्दाजी २६ वर्षीय लोकेन्द्र लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार बिहान ९ बजे रुगाबाट कर्णालीतिर आउँदै गरेको ट्याक्टर सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा ट्याक्टरका चालकसहित अन्य पाँच जना घाइते भएका छन् ।

उनीहरूको जिल्ला अस्पतालमा ठिनीमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुभाष हमालले जानकारी दिए ।

यस्तै, जुम्लाबाट मुगु आउँदै गरेको लु१ज ३७५४ नम्बरको जीप जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ बुलबुलेको मेलपानीमा दुर्घटना हुँदा छायाँनाथ रारा नगरपालिका-२ का २५ वर्षीय दिपक तिरुवाको घटनास्थलमै मृत्यु भएको छ । सहचालक दलबहादुर बुढालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला उपचारकै क्रममा मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।


प्रकाशित : २०७९ श्रावण १५, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप