लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मापसे गरेर बिद्यालय जाने हेडसरलाई १ हजार जरिवाना

जाजरकोट, १७ साउन

मादक पदार्थ सेवन गरेर विद्यालय पुग्ने क्रममा पक्राउ परेका हेडमास्टर पक्राउ एक हजार रुपैयाँ धरौटी तिरे पछि मात्रै घर फर्किन पाएका छन ।

जाजरकोटको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) भक्तबहादुर मल्ल मदिरा सेवन गरी विद्यालय पुगेको खबर बिद्यार्थीहरुले दिएलगत्तै प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनको मेडिकल चेकजाँचका क्रममा मापसे गरेको पाइएको पुष्टी भए पछि कारबाहीका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा पठाएको थियो । मादक पदार्थ सेवन गरेर विद्यालय पुगेका हेडमास्टर मल्ललाई दोषी ठहर गर्दै प्रशासनले एक हजार रुपैयाँ धरौटी तिराएर घर फिर्ता पठाएको हो ।

प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार १ हजार रुपैयाँ धरौटी तिराएर छाडिएको उनलाई बिद्यालमा हाजिरी गर्न नलगाई घर फिर्ता गरिएको हो । सो क्रममा मादक पदार्थ सेवन गरी अब देखी बिद्यालयमा प्रवेश नगर्न पनि प्रधानाध्यापक मल्ललाई सचेतसमेत गराईएको छ ।


प्रकाशित : २०७९ श्रावण १७, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप