लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भूमिगत जलसंरक्षणका लागि ट्रेञ्च निर्माण

खोटाङ, १९ साउन

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले भूमिगत जलसंरक्षणका लागि समुच्च खाडल (ट्रेञ्च) निर्माण गरेका छन् । सुक्खाग्रस्त क्षेत्र घोषित दुर्छिमका स्थानीयले ताराखसे सामुदायिक वन ब्लक–१, खिरिम्ते सामुदायिक वन, धारापानी निजी वन ब्लक–२ र सारुवा भुइचुङ निजी वनमा बंकरजस्तो देखिने लाम्चो खाल्डो खनेका हुन् । जनसंख्या वृद्धिसँगै पानीको अभाव हुन थालेपछि पानीको श्रोत संरक्षण गर्दै पानीको मात्रा वृद्धिमा टेवा पुर्‍याउने लक्ष्यका साथ चार स्थानमा ४ किलोमिटर लाम्चो खाडल निर्माण गरिएको हो ।

जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाको आर्थिक सहयोगमा हाम्रो साना किसान कृषि सहकारी संस्था दुर्छिमले भूमिगत जलसंरक्षणका लागि वर्षाको पानी जम्ने ट्रेञ्च निर्माण गरेको हो ।

सामुदायिक तथा निजी वनमा बारीको गह्रा जस्तै लामो–लामो खाल्डो बनाइएको छ । वर्षाको पानी खाल्डोमा जम्ने र सोसिएपछि तल्लो क्षेत्रका मुहान तथा खोलामा पानी बढ्ने सहकारीका अध्यक्ष मनकुमार राईले बताए ।

जलश्रोतको संरक्षणका लागि दुर्छिमकै धारापानी–१ मुहान र धारापानी–२ मुहानमा कंक्रिट संरचना निर्माण गरिएको छ । धारापानी–३ मुहानमा रिचार्ज पोखरी र राबुको वालिंखा घामपानीमा सिँचाई पोखरी निर्माण गरिएको छ ।

मुहान संरक्षण अन्तरगत खोल्सामा चार वटा चेक ड्याम हालिएको छ । पानी मुहान संरक्षण, समुच्च खाडल निर्माण र संरक्षण पोखरी निर्माणमा १९ लाख खर्च भएको छ । त्यसमध्ये २५ प्रतिशत उपभोक्ता समितिको श्रमदान लागेको छ ।


प्रकाशित : २०७९ श्रावण १९, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप