लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कर्णालीका मुख्यमन्त्री शाही भन्छन्- कर्मचारीले संघबाट आएको भन्दैमा ठूला कुरा नगराै

हेमन्त केसी/
सुर्खेत, १९ साउन

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अधिकांश जिल्लाका प्रमुखहरू व्यक्तिगत काममा लागेका कारण कार्यालयमा नभएको जानकारी आएको बताएका छन् । २ साउनमा नयाँ योजनाको अख्तियारी पठाइसकेकोले योजना कार्यान्वन नगरी व्यक्तिगत काममा कर्मचारी खटिएको भन्दै तत्काल विषयगत मन्त्रालयले ताकेता गर्न निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले भने, ‘यसरी हाम्रो प्रदेशको काम कसरी हुन्छ ? अबको चार महिनाभित्र परिणाम निकाल्ने गरी काम गर्न मैले तपाईहरूलाई भनेको छु, किन मेरो कुरा सुन्नुहुन्न ? राजनीतिक नेतृत्व र कर्मचारीको समन्वय र सहकार्यबाट नै प्रदेशको विकास हुने हो ? काम गर्नेलाई थोरै समय भए पनि धेरै काम गर्छ तर काम नगर्नेलाई जति समय भए पनि केही नगर्ने हुदोरहेछ । ’ पैसा बुझाएर योजना पारेको भन्ने गुनासो समेत आफूसँग आएको मुख्यमन्त्री शाहीले बताए । यस्ता गलत कार्यतर्फ नलाग्न कर्मचारी र मन्त्रीहरूलाई  निर्देशन दिए ।

कर्णाली प्रदेश सरकारको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले कानुनभन्दा माथि कोही नभएकाले नहुने कामतर्फ नलाग्न चेतावनी दिए । सबैभन्दा बढी कर्मचारीले मन्त्री र सचिवको नाम बिक्री गरेर पैसा असुलेको सूचना मुख्यमन्त्री कार्यालयमा आएको र यस्ता धन्धातर्फ नलाग्न सचेत गराए ।

संघबाट आएको भन्दै ठूला कुरा नगर्न समेत कर्मचारीलाई सुझाव दिए । उनले मन्त्रालयहरूलाई बेरुजु रकम घटाउन समेत सुझाव दिए । कर्णालीका सबै जिल्ला हाम्रा हुन् भन्ने चेतनाको विकास गर्न समेत निर्देशन दिए ।


प्रकाशित : २०७९ श्रावण १९, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप