लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

लमजुङ अस्पतालका कर्मचारीले बुझाए ७ बुँदे मागसहित ज्ञापनपत्र

लमजुङ,२३ साउन
जिल्ला सामुदायिक अस्पताल लमजुङका कर्मचारीहरूले ७ बुँदे मागसहितको ज्ञापनपत्र आज लमजुङस्थित क्रियाशील सबै राजनीतिक दलको कार्यालय मार्फत मुख्यमन्त्री कार्यालयमा पुग्नेगरी बुझाएको छन् ।

नेपाली कांग्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रापा, जनपा पार्टी कार्यालयमा पुगी उक्त ज्ञापनपत्र बुझाएका हुन् । नेपाल सरकार र मानव विकास सामुदायिक सेवा केन्द्र बीच २७ कात्तिक २०७७ माते भएको सम्झौता समय अवधि हुँदाहुँदै विविध कारण देखाई एकतर्फ गण्डकी प्रदेश मन्त्री परिषदको वैठकद्वारा सम्झौता भंग गरिएकोमा आफूहरूको ध्यानाकर्षण भएको बताइएको छ ।
सरकारको उक्त निर्णयमा कर्मचारीको व्यवस्थाको बारेमा कुनै पनि व्यहोरा उल्लेख नगरिएकोले सो बारेमा यथाशीघ्र लिखितपत्र साथ कर्मचारीको मागलाई सम्बोधन गरिदिन अनुरोध गरिएको छ ।

अस्पतालमा कार्यरत कर्मचारीलाई अस्पताल विकास समिति गठन गरी समितिको स्थायी गराउनुपर्ने, अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको रोजगारीको सुनिश्चित हुनुपर्ने, अस्पतालले बिरामीलाई प्रदानगर्दै आएका सेवा नघटाइदिनुपर्ने, कर्मचारीले खाइपाई आएको सेवासुविधा कायम हुनुपर्ने लगायतका माग राखेर अस्पताल कर्मचारीले ज्ञापनपत्र बुझाएका हुन ।


प्रकाशित : २०७९ श्रावण २३, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप