लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एकताको प्रतिक बन्दै शोकको पर्व मोहर्रम

मोहम्मद हबिब/
भैरहवा, २५ साउन

ईस्लाम धर्मावलम्बीहरूले शाेककाे पर्वकाे रुपमा मनाउने माेहर्रम पर्वले पछिल्लाे समय हिन्दु र मुस्लिम समुदायबीच एकता अझै प्रगाढ बनाएकाे छ ।  हिजाे मंगलबार मोहर्रम १० तारिखमा ताजिया बिजर्सन गरी पर्वको विधिवत समापन भएको छ । ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हुसैनको शाहादत (शोक)मा यो पर्व मनाइने गरिन्छ ।

हुसैन इराकको राजधानी बगदाद भन्दाको करबला भन्ने ठाँउमा  यजिदी फौजसँगको धर्मयुद्धमा सहिद भएका थिए । यो पर्वले हिन्दु तथा मुस्लिम धर्मावलम्बीहरूको एकताको पर्वको रुपमा पनि परिचय बनाउदै गएको छ । सद्भावको प्रतिकको रुपमा रहेको यो पर्वमा वर्षेनी श्रद्धालु बढ्दै गएका छन् । हिन्दु र मुस्लिम दुवै समुदाय उत्तिकै आस्था राखी हिन्दु धर्मालम्बीहरू पनि मुस्लिम जस्तै तजिया बनाई विधिवत रुपमा पूजाअर्चना गर्न थालेका छन् ।

ईस्लामिक धर्मको नयाँ वर्षका दिन सुरु हुने मोहर्रमका १० दिनसम्म फरकफरक तरीकाले मनाइन्छ । मोहर्रमको १० तारिखलाई महान दिन असुरा पनि भनिन्छ । मोहर्रम १० तारिखकै दिन धेरै नबीहरूमाथि अल्लाहको इनायत भयो र पापीहरूलाई सजाय गरिएको थियो । जसमा हजरत हुसैनले पनि सहादत पाएकाे विश्वास छ । हुसैनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको लागि बलिदानी दिएका थिए  ।

त्यसैले यो शोक दिनको सम्झनामा मस्जिदमा कुरान पाठ गरिनुका साथै बेलुकी खिचडा (खाने पक्वान्न) बनाएर बाँडिन्छ । घरमा बनाइएका ताजियाहरू नजिकको कर्बला(रण)मा पुगेर विभिन्न परम्परागत खेल तमासा तथा ताजियालाई बिभिन्न सामग्री अर्पण गरि यो पर्व मनाईन्छ । भाकल गर्नेहरुले आफ्नै लागतमा ठूलो ताजिया बनाउने पनि गर्दछन विशेषगरी मोहर्रम पर्व मुस्लिम समुदायले मनाउने भए पनि भाकल पूरा भएको भन्दै केही हिन्दु धर्मावलम्बीले पनि ताजिया राख्ने गर्छन् ।

सन् ६८० अक्टोबर १० तारिखका दिन इराकको राजधानी बगदादभन्दा सय किलोमिटर टाढा उत्तर पूर्वको करबलामा यजिदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा ताजिया बनाई मोहर्रम पर्व मनाउने परम्परा शुरु भएको हो । हसन तथा हुसेनको प्रतिक स्वरुप बासको ढाँचामा बिभिन्न रङगिचङगी कागज बेरी तजिया बनाईने गरिन्छ । तजिया भनेको युद्धको बेला प्रयोग गरिएको एक प्रकारको हतियार । ताजियाहरुलाई सोमबार साँझ अर्थात ९ मोहर्रम नवमीका दिन पुजा गरि मंगलबार दशौँ दिन बिर्सजन गरि समापन हुन्छ  ।

 


प्रकाशित : २०७९ श्रावण २५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप