लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

म्यानमार, मलेसिया, थाइल्याण्ड र फिजीका पाँच लाख नेपाली पहिचानविहीन

लन्डन, २५ साउन

म्यानमार, मलेसिया, थाइल्यान्ड र फिजीमा रहेका पाँच लाखभन्दा बढी नेपाली पहिचानविहीन रहेका छन् । गैरआवासीय नेपाली संघ थाइल्यान्डका अध्यक्ष भबिन्द्र बस्नेतका अनुसार दोस्रो विश्वयुद्धमा सहभागी हुन ती ठाउँमा पुगेका नेपालीका सन्तान अहिले पहिचानको खोजीमा छन् ।

युद्धका बेला इस्ट इन्डिया कम्पनीले हजारौंको संख्यामा नेपालीलाई जापानविरुद्ध लड्न ती ठाउँमा लगेको थियो । युद्धपछि ती देशमा नेपाली बसोबास गर्न थालेको विश्वास गरिएको छ । नेपाल सरकारको ध्यान नपुग्दा लाखौंको संख्यामा नेपालीले पहिचान गुमाउनु परेको हो । उनीहरू नेपाली भाषी हुन्, आत्मसम्मानका लागि उनीहरूलाई सरकारले पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) परिचयपत्रको व्यवस्था गर्नुपर्ने अध्यक्ष बस्नेतले भनाइ छ । उक्त परिचयपत्रले नेपालबाट टाढिएका पुरानो र नयाँ पुस्तालाई नेपालसँग जोड्ने अध्यक्ष बस्नेतले बताए ।

नेपाली भाषीलाई परिचयपत्र राज्यले प्रदान गर्न सक्यो भने देशमा पर्यटन र लगानी लगायतको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बस्नेतले बताए ।
‘दक्षिण एसियाबाहेकका देशमा बसोबास गर्ने नेपालीलाई गैरआवासीय नेपालीको परिचयपत्र दिएजस्तै ती ४ देशमा बस्ने नेपालीलाई पिएनओको परिचयपत्र दिन सकिन्छ,’ उनले भने, ‘ती मुलुकमा बसोबास गर्ने नेपालीलाई पीएनओको मान्यता दिलाउन पहल गर्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वयन परिषद् समक्ष माग गरेको छु ।’

बस्नेत र चौथो पुस्ताका कुमार कार्कीले संयुक्त रूपमा अगस्ट २८ तारिखमा बैंककमा हुने गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलनमा पिएनओका विषयमा कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेका छन् ।

अधिकांश नेपाली भाषी नेपालीहरू बैंककदेखि ४ सय किलोमिटर टाढा रहेको म्यानमार र थाइल्याण्डको बोर्डरमा बसोबास गर्दै आएका छन् । उनीहरूको मुख्य पेसा कृषि हो । उनीको मुख्य आम्दानी आफ्नै रोजगारी, व्यवसायलगायत सिलाई कटाई, सुटिङ एण्ड टेलरिङ रहेको छ ।

गैरआवासीय नेपाली नागरिकले तेस्रो पुस्तासम्म नागरिकता पाउने संवैधानिक व्यवस्था गलत रहेको उनले बताए । बस्नेतका अनुसार दोस्रो विश्वयुद्धपछि बिना पासपोर्ट छिरेका ठूलो संख्यामा युद्धमा होमिएका नेपाली भाषीहरूको ६ पुस्तासम्म भेटिएको छ । त्यहाँ रहेका नेपालीहरूले नेपालमै जस्तो तीज, दसैँ, तिहार, छठ लगायतका नेपाली चाडपर्वहरू मनाउँदै आएका छन् । उनीहरूको सक्रियतामा फुकेटमा २० वर्षअघि नेपाली थाई मुलनीथी श्री भागवत धाम सनातन मन्दिरको स्थापना गरिएको थियो ।


प्रकाशित : २०७९ श्रावण २५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप