लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

युनिभर्सल मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु

मोहम्म्द हबिब/

भैरहवा, २७ साउन

दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । छिटो छरितो र सहज रूपमा विशेषज्ञहरूबाट नै सेवा र परामर्श लिनका लागि एकै छाना मुनि विभिन्न ४ क्षेत्रको विशेषज्ञ सेवा सुरु गरिएको हो ।

एकद्वार प्रणाली अन्तर्गत मिर्गौला रोग सम्बन्धी, मूत्र रोग सम्बन्धी, न्युरो शल्यचिकित्सा सम्बन्धी सेवा र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धी सेवा एमसीएच डाक्टरहरूबाट नै दिने सेवा सेवा विस्तार एक कार्यक्रमका बिच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उद्घाटन गरेका हुन ।

जस अन्तर्गत बिरामीहरूले एकै ठाउँबाट सबै सेवा पाउने, अलग अलग भौँतारिनु पर्ने समस्या हट्ने र विशेषज्ञबाट नै परामर्श लिन सक्ने व्यवस्था मेडिकल कलेजले मिलाएको छ । यसमा अधिकतम रिफरल केसहरू आउने हुँदा आवश्यकता नै ठानेर सेवा सुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । ‘बिरामी टिकट लिएर उक्त विशिष्ट विशेषज्ञ ओपिडी कक्षमा प्रवेश गरेपछि सबै सेवाहरू एक ठाउँमा उपलब्ध हुनेछ,’ उनले भने ।

मिर्गौला रोग सम्बन्धी सेवाहरूको लागी डा. कृष्ण अग्रवाल, मूत्र रोग सम्बन्धी सेवाहरूका लागी डा. सगुन थापा, न्युरो शल्यचिकित्सा सम्बन्धी सेवाको लागी डा. राजकुमार केसी र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धी सेवाहरूका लागी डा. सन्तोष साहले विशेषज्ञ डाक्टरको सेवा दिनेछन्  ।

बिरामीका लागि एक स्थानबाट उपचार तथा परामर्शको व्यवस्था, रगत तथा पिसाब संकलन केन्द्र, बिरामी कुरुवा क्षेत्र, औषधी खरिदको व्यवस्था लगायतको सुविधा रहेको उनले बताए । यसैगरि बिरामीको कुरुवाको लागी पनि नि:शुल्क वाईफाई, तथा टेलिभिजनको व्यवस्थापन गरिएको गुरुङले बताए ।

हाललाई यो सेवाको लागी टिकट दर ३ सय रुपैयाँ तोकिएको जानकारी दिँदै उनले यो टिकटबाट एक साता सम्म परामर्श लिन सकिने बताए । कार्यक्रममा बोल्दै शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमारले यी सेवाहरू पहिला पनि अस्पतालले प्रदान गर्दै आएकोमा अहिले एकद्वार प्रणाली मार्फत व्यवस्थापन गरिएको बताए । यो सेवामा थप विशेषत्र सेवा क्रमशः थप्दै जाने बताए ।

बिरामीलाई एकै स्थानबाट सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य लिएर मेडिकल कलेज पनि यस्ता प्रकारका जटिल रोगको उपचार गर्न सक्षम रहेको र काठमाडौं तथा विदेश गएर महँगोमा उपचार गराउनु पर्ने बाध्यताबाट बिरामीले छुटकारा पाउने सकिने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल राज ढकालले बताए । मेडिकल कलेजमा ओपिडीमा दैनिक सरदर ८ सय जना र आकस्मिक सेवासहित ओपिडीमा दैनिक ४ सय जनाले सेवा लिइरहेका छन् ।

Avatar

Avatar


प्रकाशित : २०७९ श्रावण २७, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •