लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

बालिका यौन दुर्व्यवहार घटनामा मानव अधिकार आयोगको चासो

दिलमाया  शाही/

जुम्ला, २९ साउन

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाको विषयमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले चासो देखाएको छ ।

आयोगको शाखा कार्यालय जुम्लाका प्रमुख बुद्धनारायण साहनी र मानव अधिकार अधिकृत धनराज शाहीको टोलीले पीडित बालिकाकी आमा र प्रहरीसँग भेटेर ध्यानाकर्षण भएको जनाएको छ ।

साहनीका अनुसार आयोगले यो घटना गम्भीर फौजदारी अपराध हो । बालअधिकार हनन हुनुका साथै यौन दुर्व्यवहार भएकाले पीडितले न्याय पाउनुपर्ने आफूहरूको धारणा रहेको उनको भनाइ छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित व्यक्ति चन्दननाथ नगरपालिका ७ का ४८ वर्षीय प्रेमजंग (प्रेमराजा) महतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइछ ।

घटनाको विषय उठान गर्ने र समाचार सम्प्रेषण गर्ने पत्रकार र पीडित बालिका तथा उहाँकी आमाको पनि राज्यले उचित सुरक्षाको व्यवस्थापन गर्नुपर्ने सुझाएको आयोगका मानवअधिकार अधिकृत शाहीले बताए  ।

यौन दुर्व्यवहार घटनाका आरोपित महतले एक महिनासम्म पटक पटक करणी गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ ।


प्रकाशित : २०७९ श्रावण २९, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •