लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सुनुवार विद्यार्थी समाजको सातौँ राष्ट्रिय महाधिवेशन भदौ २५ मा हुँदै

काठमाडौं। सुनुवार विद्यार्थी समाज संघीय समितिको सातौँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २५ गते हुने भएको छ। छैठौँ समितिको तीन वर्षे कार्यकाल सकिएकाले नयाँ कार्यसमिति चयनका लागि महाधिवेशन हुन लागेको हो। विद्यार्थी समाजले साउन २१ गते संघीय समितिको पूर्ण बैठक सम्पन्न गरेर अध्यक्ष सागर सुनुवारको संयोजकत्वमा सातौँ महाधिवेशन आयोजक समिति गठन गरेको छ। आयोजक समितिको बैठकले भदौ २५ गते महाधिवेशनको मिति तय गरेर महाधिवेशन तयारी तिब्र रुपमा थालेको संयोजक सुनुवारले बताउनु भयो।

संयोजक सुनुवारका अनुसार सुनुवार विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई क्रियाशिल बनाउँदै आइरहेको छ। समाजले सुनुवार भाषा, संस्कृतिसँग विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भएको छ। समितिले छात्रवृत्ति वितरण, निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन, मातृभाषा प्रशिक्षण, चेतना प्रकाशन लगायतका कार्यहरू गर्दै आएको छ।

संयोजक सुनुवारले समाजको प्रदेश १ का सुनसरी, पाँचथर, झापा, इलाम र ओखलढुङ्गा जिल्लामा जिल्ला समन्वय समिति रहेको र बागमति प्रदेशको उपत्यकाको तीन जिल्ला लगायत रामेछाप, दोलखा, सिन्धुली जिल्लामा जिल्ला समन्वय समिति रहेको र ति सबै जिल्लाका करिब दुई सय प्रतिनिधिहरुको उपस्थितिमा महाधिवेशन कार्यक्रम सम्पन्न हुने बताउनु भयो।

सुनुवारले महाधिवेशनको मिति तय भइसकेको र छोटो अवधिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले आयोजक समिति र जिल्ला समन्वय समितिहरूलाई तिब्र रुपमा महाधिवेशनको तयारी गर्न आह्वान गर्नु भएको छ। विद्यार्थीको महाधिवेशन सम्पन्न गर्न सुनुवार विद्यार्थीहरू लगायत सुनुवार सेवा समाज, व्यवसायी, बुद्धिजिवी, पत्रकार, शिक्षक, कर्मचारी, अभिभावकहरूलाई सहयोग, सल्लाह र सुझाब दिन समेत अनुरोग गर्नु भएको छ। महाधिवेशनको अवसरमा मुखपत्र चेतना प्रकाशन हुने भएकाले व्यवसायिक विज्ञापन, शुभकामना र लेख, रचना समेत यथासिघ्र उपलब्ध गराउन अनुरोध गर्नु भएको छ।


प्रकाशित : २०७९ श्रावण २९, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप