लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

डेट वर्षपछि जिल्ला अस्पताल विकास समिति मुगुले पायो अध्यक्ष

खड्क सुनार/

मुगु, २९ साउन

हिमाली जिल्ला मुगुमा रहको जिल्ला अस्पताल विकास समिति मुगुले करिब डेट वर्षपछि व्यवस्थापन समिति पाएको छ । अस्पतालले करिब डेट वर्षपछि अस्पताल विकास समितिको अध्यक्षमा गजेन्द्र बहादुर मल्ल नियुक्त भएका छन् ।

कर्णाली प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्तर्गत खण्ड ‘क’ बमोजिम सामाजिक विकास मन्त्रालयले मल्ललाई चार वर्षका लागि मुगु अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

अध्यक्ष मल्लले एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन् । उक्त समितिमा मन्त्रालयबाट मनोनीत व्यक्ति अध्यक्ष, नगर प्रमुख अध्यक्ष अस्पताल रहको स्थानीय तह सदस्य, प्रतिनिधि जिल्ला समन्वय समिति, मन्त्रालयले मनोनीत गरेको एक जना महिलासहित तीन जना, अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, उद्योग वाणिज्य संघ, प्रमुख जनस्वास्थ्य शाखा, प्रमुख आयुर्वेद शाखा, नर्सिङ इन्चार्ज, सम्बन्धित अस्पताल र मेडिकल सुपरिटेन्डेन्ट, सम्बन्धित अस्पताल सदस्य सचिवमा अस्पताल विकास समितिमा रहेका छन् ।

डेढ वर्षदेखि विना समितिद्वारा सञ्चालन हुँदै आएको अस्पतालले बल्ल अध्यक्ष पद पाएको हो । २०७७ पुस महिनामा  पारसमणि मल्लको कार्य अवधि सकिएपछि डेढ वर्षसम्म समिति पदाधिकारी विहीन अवस्थामा रहेको  थियो ।

लामो समयदेखि अस्पताल विकास समितिमा अध्यक्ष नहुँदा प्रभावित रोकिएका थिए । अस्पतालले अध्यक्ष पाए पछि अब नियमित रूपमा अगाडि बढ्ने जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए ।

अस्पताल विकास समिति मनोनयन भएका मल्लले आफ्नो चार वर्षे कार्यकालमा अस्पतालमा कुनै पनि कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष मल्लले पदभार ग्रहण पश्चात् बिरामी लाई फलफूल वितरणसमेत गरेको थिए ।

 


प्रकाशित : २०७९ श्रावण २९, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप