लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

चालु कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टर्‍यो : मन्त्री राई

खोटाङ, २ भदौ

प्रदेश १ का खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री रामकुमार राई (पासाङ)ले प्रदेश सरकारको चालु कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टरेको बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धनकारतर्फबाट प्रदेश नामकरणका लागि आवश्यक दुई तिहाइ बहुमत पुर्‍याउन सक्ने अवस्था नभएकाले यो कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टर्दैगएको बताएका हुन् ।

एकल पहिचान, बहुपहिचान वा भूगोलका आधारमा प्रदेशको नामकरण गर्ने विषयमा दलबीचमा मतभेद हुँदा पाँच वर्षसम्म प्रदेशको नामकरणले किनारा पाउन नसकेको मन्त्री राईको भनाइ थियो । मन्त्री राईले प्रदेशको पहिचान सहितको नामकरणमा एमालेको साथ नहुने भएकाले वर्तमान गठबन्धन सरकारले मात्र नामकरण गर्न सक्ने अवस्था नभएको बताए । ‘प्रदेशको नाम ल्याउनुपर्छ भन्ने छ तर गठबन्धनलाई ५० सांसदको समर्थन चाहिन्छ । त्यसका लागि एमालेको साथ चाहिन्छ । एमाले कोसीभन्दा दायाँबायाँ गर्नुहुन्न भन्ने पक्षमा छ,’ मन्त्री राईले भने, ‘यही कारण सम्भवतः यो कार्यकालमा प्रदेशको नाम आउने देखिन्न ।’

मन्त्री राईले निवर्तमान मुख्यमन्त्री शेरधन राईले चाहेको भए यसअघि नै प्रदेशले नाम पाइसकेको अवस्था हुने उल्लेख गरे । तर, ओलीको निर्देशनमा शेरधनले पहिचान सहितको नामकरण गर्न नसकेको टिप्पणी गरे । मन्त्री राईले आसन्न प्रदेश र संघीय निर्वाचनमा पहिचान विरोधीलाई चिनेर मत दिनुपर्ने बताएका छन् ।

प्रदेश १ मा एमालेको ३९, कांग्रेसको २१, माओवादी केन्द्रको १५, एकीकृत समाजवादीका १०, जसपाको ३ तथा राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना सांसद छन् । नामाकरणकालागि दुई तिहाइ बहुमत अर्थात् ६२ सांसदको समर्थन चाहिन्छ ।


प्रकाशित : २०७९ भाद्र २, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप