लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

केन्याविरुद्ध नेपालको क्लिनस्विप

काठमाडौं, २० भदौ

नेपालले घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । सोमबार भएको अन्तिम खेलमा ६ विकेटको जित नियकालेर नेपालले क्लिन स्विप गरेको हो ।

केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको थियो । नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको थियो ।

नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले। अर्जुनले ५८ तथा आसिफले ५६ रन बनाए । वसिर ५२ रनमा अविजित रहे । यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाए। ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए ।

केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १/१ विकेट लिएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो ।

केन्याका लागि कोलिन्स अबुयाले ८४ रन जोडे। लुकास एनडानडासन ५९ रन, सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए । कप्तान शेम एनगोचेले १७ रनमा आउट भएका थिए। नेपालका सोमपाल कामी र आदील अन्सारीले २/२ विकेट लिएका थिए । वसिर अहमद र शाहब आलमले १/१ विकेट लिए ।

नेपालले केन्याविरुद्धका दुवै सिरिजमा नेपाल विजयी भएको छ । नेपालले यसअघि पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज पनि नेपालले जितेको थियो । यसमा तीन खेल जितेको नेपाल दुई खेलमा भने पराजित भएको थियो ।


प्रकाशित : २०७९ भाद्र २०, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप