लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

नेप्सेमा २१.२२ अंकको गिरावट

काठमाडौं ,२१ भदौ

नेपाल स्टक एक्सचेञ्जमा म‌ंगलबार २१.२२ अंकले ओरालाे लागेकाे छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से अन्तिम समयसम्ममा घट्दै २१ अंकमा बन्द भएको छ । यससँगै, नेप्से परिसूचक १९ सय ५१ अंकमा बन्द भएको छ।

यस्तै, सेन्सेटिभ समूहमा ३.८९ अंकको ओरालाे लाग्दै ३७९.०५ अंकमा आइपुगेको छ । नेप्सेमा १ अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता सेयर किनबेच भएको छ ।

नेप्से घटे पनि म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । यो समूह ०.०६ अंकले बढेको छ भने यो बाहेक अन्य कुनै पनि समूहमा सुधार आएको छैन ।

घटेकामध्ये निर्जीवन बिमा कम्पनी समूह १४७ अंकले घटेको छ । यस्तै, जीवन बीमा समूह ८५ अंकले घटेको छ । विकास बैंक समूह ६४ अंकले घटेको छ भने लघवित्त समूह ५२ अंकले घटेको छ ।

जलविद्युत समूह ४६ अंकले घट्दा वित्त समूह ३५ अंकले घटेको छ । सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ ।


प्रकाशित : २०७९ भाद्र २१, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •