लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

रारामा दोस्रो सर्वेक्षण कार्य सुरु

खड्क सुनार/खोजखबर

मुगु, २६ भदौ

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा दोस्रो सर्वेक्षण कार्य सुरु गरिएको छ । २०५४ साल राराको पहिलो सर्वेक्षण गरिए पश्चात् पुन दोस्रो पटक सर्वेक्षण कार्य सुरु भएको हो ।

जल तथा मौसम विज्ञान विभागको आर्थिक सहयोगमा कार्ड इ–टु सर्भिस जेड जेभी प्रालिले भदौ दोस्रो सातादेखि राराको गहिराई, लम्बाई, चौडाइ क्षेत्रफल, तालको पानीको गुणस्तर शुद्धता तथा खोलानालाबाट तालमा मिसिने पानीको ल्यापटेष्ट कार्य सुरु गरिएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले  बताए ।

रारा सर्वेक्षणका लागि विभागबाट २ जना र प्रालिबाट ८ जना गरी १० जनाको टोली रारामा खटिएको छ । तालको भू–भाग क्षेत्रफल मापनको निम्ति टोपोग्राफिक र गहिराई नाप्न प्रयोग गरिएको कार्ड इ–टु सर्भिस जेड जेभी प्रालिका इन्जिनियर राम श्रेष्ठले जनाए ।

इन्जिनियर श्रेष्ठका अनुसार रारातालको सर्वेक्षण नयाँ-नयाँ प्रविधिद्वारा गरिएको छ । २०५४ सालपछि दोस्रो सर्वेक्षण कार्यले तालको गहिराई लम्बाई, चौडाइ र पानीको शुद्धता वास्तविक जानकारी हुने निकुञ्जको भनाइ छ । प्रालिले सर्वेक्षण पूरा गरिसकेपछि प्रतिवेदन तयारी गरी जल तथा मौसम विज्ञान विभागलाई बुझाउने भएको छ ।

प्रथम सर्वेक्षणबमोजिम रारा तालको गहिराई १ सय ६७ लम्बाई ५ किलोमिटर र चौडाइ ३ किलोमिटर र कुल क्षेत्रफल १०।८ वर्ग किलोमिटर रहेको  रारा रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

समुद्री सतहदेखि २९ सय २९ मिटर उचाइमा अवस्थित राराको राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा मुगुको छायानाथरारा नगरपालिका सोरु, खत्याड गाउँपालिका र जुम्लाको कनका सुन्दरी गाउँपालिकाको भूभाग ओटेको छ ।


प्रकाशित : २०७९ भाद्र २६, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप