लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

शान्ति दिवसमा रुसी दूतावास अगाडि धर्ना, युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह

काठमाडौं, ५ असोज

मानव अधिकार तथा शान्ति समाजले ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर)का अवसरमा आज काठमाडौंस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ ।

रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रहसहित प्रदर्शन गरिएको शान्ति समाजद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

रुसी राजदूतावास अगाडि आधा घण्टासम्म भएको धर्नामा शान्तिवादीहरुले रुसः युक्रेनको सार्वभौमसत्ताको सम्मान गर, रुसः युक्रेनबाट तत्काल सैनिक फिर्ता गरि युद्ध अन्त्य गर, रुसः युद्ध रोक, शान्ति प्रवद्र्धन गर, रुसः युक्रेनमाथि आक्रमण बन्द गर, शान्ति दिवसको सन्देशः युद्ध निषेध लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी लगायतको उपस्थिती रहेको थियो ।

धर्ना पश्चात रुसी राष्ट्रपति भ्लादिमिर पुटीनलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र रुसी दुतासबासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

पत्रमा रुसलाई युक्रेनबाट तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्नका लागि अभिभावकिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै आज नै शान्ति समाजका चितवन, दाङ, सुर्खेत, बाँके, नवलपुर, तेह्रथुम, रुपन्देहीसहित एक दर्जन शाखाहरुले प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा घोषणा गरी १९८२ देखि अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउन थालिएको हो । अहिंसा र युद्धविराम मार्फत शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनका रुपमा विश्वभरी शान्ति दिवस मनाउने गरिन्छ ।


प्रकाशित : २०७९ आश्विन ५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप