लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि म मख्ख परेँ’

भक्तपुर । पुराना फोटो पत्रकार मीनरत्न बज्राचार्यले अभिनेत्री मनिषा कोइरालाले आफूलाई उनको फोटो खिच्न दिने स्वीकृति दिएपछि खुशी भएको अनुभब सुनाएका छन् ।

पहिलापहिला सेलिब्रेटिको फोटो खिच्न पनि अनुमति लिनुपर्ने अनुभव सुनाउँदै मनिषाका पिता प्रकाशमार्फत् आफूले मनिषाको फोटो खिच्न अनुमति पाएको स्मरण गरे ।

भक्तपुरेन्स इन फोटोग्राफी नामक सामाजिक सञ्जालको समूहले शनिबार आयोजना गरेको अनुभब आदानप्रदान कार्यक्रममा मीनले आफूले पहिलो पटक सन् १९८७ मा तत्कालिन द कमनर पत्रिकाबाट फोटो पत्रकारिताको यात्रा थालेको बताए ।  २०४६ सालको जनआन्दोलनको फोटोबाट चर्चित बनेको उनले बताए ।

 

उनले आफूले एउटा फोटोको मूल्य पनि सयौं डलरसम्म पनि पाएको अनुभब सुनाए । पहिला पहिलो फोटो खिचेर स्टोरी बन्ने गरेको धेरै अनुभब पनि उनले सुनाए ।

भक्तपुरमा एकजना पुराना र एकजना नयाँ गरी दुई जना फोटो पत्रकारहरुको आआफनो फोटो पत्रकारिताको यात्रा अनुभब शेयरिंग कार्यक्रममा पुराना फोटो पत्रकार मीनरत्न बज्राचार्य र नयाँ युवा जोशका फोटो पत्रकार अमित मचामसी गरी दुईजनाले आआफनो फोटो पत्रकारिताको यात्राबारे अनुभब आदानप्रदान गरेका थिए ।

 

फोटो पत्रकारितामा सक्रिय नयाँ फोटो पत्रकार अमितले फोटो पत्रकारिता महँगो पेशा भएको बताउँछन् । एउटै क्यामेराको लाखौं खर्च लाग्ने भई यो पेशा महँगो पेशा महँगो हुने गरेको उनको भनाइ थियो ।

आयोजक भक्तपुरेन्स इन फोटोग्राफीका सुदीप सुवालले नयाँ र पुराना फोटो पत्रकारलाई एकै ठाउँमा राखेर विगतदेखि वर्तमानसम्मको फोटोग्राफीको अवस्थाबारे छलफल गर्ने कार्यक्रमको उद्देश्य रहेको जनाए ।

Avatar

Avatar


प्रकाशित : २०७९ आश्विन ८, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप