लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट

सीपी लोहिया
बैतडी, ९ असोज । बैतडीका जिप चालकमाथि भएको कुटपिटका विषयमा छलफलका लागि दुवै पक्षलाई प्रहरीले बोलाएको छ । बिहीबार पाटन नगरपालिका–५का जिप चालक खेमराज पाण्डेयलाई पाटन–६ का लक्ष्मण भण्डारीले कुटपिट गरेको पीडित पाण्डेयले बताए । यस विषयमा छलफल गर्न आइतबार प्रहरीले दुवै पक्षलाई बोलाएको हो ।

‘म जिल्ला सदरमुकामबाट यात्रु बोकेर पाटन गइरहेको थिएँ, पाटन बजार नपुुग्दै भण्डारीले फोन गर्नुभयो, अरु बेला राम्रैसँग बोल्ने भएकाले बोलाएको ठाउँमा गएँ । जानेबित्तिकै गालीग्लौज गर्दै कुटपिट गर्नुभयो,’ उनले भने ।

कुटपिटबाट घाइते भएका पाण्डेय उपचारका लागी बिहिबार नै धनगढी गएका थिए । मायामेट्रो अस्पतालमा उपचार गरेर फर्केका उनको टाउकोमा चोट रहेको छ । टाउकोमा गम्भीर चोट रहेकाले मस्तिष्कमा असर गरेको शंका गरिएको छ ।

यस विषयमा पीडितले इलाका प्रहरी कार्यालय पाटनमा उजुरी दिएका छन् । घटनाका बिषयमा उजुुरी प्राप्त भएकाले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । आइतबार दुबै पक्षलाई छलफलका लागी प्रहरी कार्यालयमा बोलाएको इलाक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले बताए


प्रकाशित : २०७९ आश्विन ९, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप