लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

संसद अन्त्य भइसक्दा पनि सुविधाका गाडी चढेर चुनावी प्रचारमा होमिनु लज्जास्पद ः राप्रपा प्रवक्ता

काठमाडौं, १० असोज
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले प्रतिनिधिसभाको कार्यकाल सकिएर सांसदहरू निवर्तमान भइसक्दा पनि सरकारी सेवासुविधा बुझेको प्रति असन्तुष्टि जनाएका छन् ।

१ असोजमै प्रतिनिधिसभाको कार्यकाल सकिए पनि केही सांसदहरूले अहिले पनि गाडी सुविधा उपयोग गरिरहेका छन् ।

श्रेष्ठले संसदको कार्यकाल १ असोजबाट सकिइसकेको अवस्थामा पुरानो हैसियतमा प्राप्त सुविधाका गाडी चढेर चुनावी प्रचारमा होमिनु लज्जास्पद रहेको बताएका छन् । ‘संसद सचिवालयले फिर्ताका लागि ताकेता गरोस्, निर्वाचन आयोगले प्रभावकारी अनुगमन गरोस्,’ उनले ट्वीट गर्दै भनेका छन् ।
निर्वाचन प्रक्रियामा सहभागी भएका हरेक दललाई एउटै व्यवहार हुनुपर्ने श्रेष्ठको माग छ ।


प्रकाशित : २०७९ आश्विन १०, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप