लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन

लमजुङ २० असोज

बेशीसहर- ३ की दमन्ती बराल आजभोली गित गुनगुनाउनुका साथै लेख्ने गर्छिन् ।

क सम्म पनी नचिनेकी बरालले बेशीसहरमा रहेको लक्ष्मीानारायण सामुदायिक शिकाई केन्द्रले संचालन गरेको प्रौढ शिक्षामा सहभागि भएपछि लेख्न सक्ने भएकी हुन् । ‘पहिले अक्षर कस्तो होला भन्थ्ये, तर आजभोली सबै अक्षर चिन्ने भएको छु’, उनले भनिन, ‘आजभोली पढ्नमा जागर पनि उत्तीकै लाग्छ ।’

प्रौढ शिक्षामा सामेल भएपछि उनले पढ्नुका साथै लेख्न समेत सकेकी छन् । त्यो खुशीले मन हलुङ्गो भएको उनी बताउछिन् । ‘अब त, कुनै ठाउँमा जानु परेमा पनि केही डर छैन’, उनले भनिन, ‘पढ्न जानेपछि छुट्टै महशुष भएको छ  ।

बेशीसहर- ३ कै सोभा बराल पनि एबिसिडी भनेको कस्तो होला भनेर सोच्ने गर्थिन ।  तर, अहिले त्यो अबस्था रहेन । सिकाई केन्द्रबाटै पाएको प्रौढ शिक्षाबाट उनले पनि मनमा लागेको कुरामा कपिमा लेख्न थालेकी छिन् ।

‘पहिलो मुखले भन्ने मात्र गरिन्थ्यो, अहिले मनका कुरा लेख्ने गर्छु,’ उनने भनिन, ‘अब त, कुनै नयाँ ठाउँमा जादा पनि यो ठाउँमा आएछु’ भनेर थाहा हुने भएपछि खुशी लागेको छ । बोर्डमा लेखेको कुरा चिन्न सक्ने भएपछि अझैपनि थप कुरा पढ्न रहर लागेको उनी बताउछिन् ।

महिलालाई लक्षित गरी कार्यक्रम संचालन गरेको लक्ष्मीनारायण शिकाई केन्द्र, जिल्ला शिक्षा कार्यलय लमजुडले जिल्लाका अन्य शिकाई केन्द्रहरुसँग तुलना गर्दा पनि नमुना शिकाई केन्द्रको रुपमा छनौट भएको छ ।

केन्द्रले दिएको चुरापोते तालिममा सहभागि भएकी बेशीसहर ७ की कृष्ण घिमिरेले पनि केन्द्रले आफुमा ठुलो गुन लगाएको बताउछिन् । ५ दिने चुरापोते तालिममा बसेर, चुरापोते, बाला, टप बनाउन सिकेर आफैले पनि बनाउन थालेको बताउछिन् ।

‘तालिममा सिकेर आफैले घरमा र्फुसदको समयमा बनाउने गरेको छु, त्यसबाट राम्रो आम्दानी भएको छ’, उनले भनिन ।

शिकाई केन्द्रले संचालन गरेको प्रौढ शिक्षामा सहभागि भएकी बेशीसहर कै सकुन्तला सोती अहिले  सहजै रुपमा मोबाइल चलाउछिन् । एउटा अक्षरसम्मको ज्ञान नभएको सोतीले प्रोढ कक्षामा सहभागि भएपछि अक्षर चिन्न सक्ने भएकी हुन् । उनले अहिले किताब पढ्न, र अरुलाई सिकाउन पनि थालेको बताउछिन् ।

२०६७ सालमा लक्ष्मीानारायण सामुदायिक पुस्तकालयको पहलमा स्थापना भएको शिकाई केन्द्रले कार्यक्षेत्र भित्रका महिलाहरुको लागि अनौपचारिक शिक्षा संचालन, आयआर्जन, शिपमुलक कार्यक्रम संचालन गर्दै आएको  छ ।


प्रकाशित : २०७९ आश्विन २१, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप