लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, ४ ठाउँवाट मतगणना हुने

विशाल बस्नेत

२१ असोज, महोत्तरी 

आसन्न निर्वाचनको लागी महोत्तरीमा ४ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

जिल्लाको जलेश्वर, वल्वा, पिपरा, रामगोपालपुर र बर्दिबासमा निर्वाचन आयोगले अधिकृतको कार्यालय स्थापना गरेको हो ।

यस अघीका निर्वाचनमा सदरमुकाम जलेश्वरमा मात्र मतगणना हुने भएतापनी आसन्न निर्वाचनको मतगणना चारै ठाउँमा हुने जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

मतगणना एकै ठाउँमा मात्र केन्द्रित हुदा ढिला हुने र नतिजा समेत सुस्त हुने भएकाले मतगणना निक्कै छिटो हुने निर्वाचन आयोगको बिस्वास छ ।

निर्वाचनलाइ भयरहित वातावरणमा समपन्न गर्न जिल्लाका सुरक्षा निकायसँग बृहत् छलफल समेत भैइरहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोध कुमार महतोले जानकारी दिए ।

निर्वाचन आयोगको कार्यातालिकाअनुसार दलका वा स्वतन्त्र उम्मेदवारले २३ असोजमा मनोनयन दर्ता गरिसक्नुपर्ने छ । यसैको रस्साकस्सीमा दलहरु लागीपरेका छन ।

निर्वाचन आयोगले २३ असोजमा उम्मेदवारी दर्ता गरेको नामावली २३ गते नै ७ वजेसम्म प्रकाशन गर्नेछ । चित्त नबुझेका वा कुनै फौजदारी अभियोग लागेका उम्मेदवार भए २४ असोजको १० बजेदेखी ५ बजेसम्म उजुरी हाल्न सक्ने व्यवस्था पनि आयोगले आफ्नो कार्यातालिकामा प्रस्तुत गरेको छ ।

२५ असोजमा उजुरीका  विरुद्ध छानबिन तथा निर्णय गरि  नामावली प्रकाशन हुनेछ भने २६ असोजमा उम्मेदवारहरुलाइ उम्मेदवारी फिर्ता लिन सक्ने समयसिमा निर्धारण गरिएको छ । २६ गते नै अन्तिम नामावली प्रकाशन गरेपछी सोही दिन १ बजेदेखी उम्मेदवारहरुलाइ निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

त्यसपछी दल तथा स्वतन्त्र उम्मेदवारहरु ४ मंसिरको तयारीमा जुटनेछन ।


प्रकाशित : २०७९ आश्विन २१, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप