लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

वर्षा र हिमपातले जोखिम बढ्ने भन्दै पदमार्गबाट फर्किन थाले पर्यटक

लमजुङ २३ असोज

वर्षा र हिमपातपछि अन्नपूर्ण पदमार्गमा पुगेका पर्यटक फर्किन थालेका छन् । वर्षा र हिमपात भइरहेको समयमा पदमार्ग जाँदा जोखिम बढ्न सक्ने भन्दै स्वेच्छाले र केही एक्यापको आग्रहमा फर्किएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार याकखर्क, मनाङ, पिसाङ, चामे लगायतका ठाउँमा रहेकाहरू फर्किएका छन् । एक्यापका अनुसार शुक्रबार २० जनाले जानकारी गराएर जिल्ला छाडेका छन् । शनिबार १५ जना फर्किएका छन् । मौसमले साथ नदिएकाले माथिल्लो क्षेत्र जान जोखिम हुने भन्दै पर्यटकलाई एक्यापले सचेत गराएको छ । कति एक्यापको अनुरोधलाई नमानी आफू खुसी पनि माथिल्लो क्षेत्र पुगेका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार पर्यटकीय सिजनको समय पर्यटक आउने र यो समय जोखिम भएकाले सचेत रहन अनुरोध गरिएको छ ।

हिउँ र बर्सातलाई ख्याल गरी मौसम, बाटोको अवस्था पूर्व जानकारी लिएर मात्र सुरक्षित साथ यात्रा गर्न अनुरोध गरिएको छ । वर्षा भइरहेकाले नदी तटमा रहेका बस्तीका बासिन्दालाई पूर्व सावधानी एवं सतर्कता अपनाउन, कोही पर्यटक कतै अलपत्र अवस्थामा रहेको भए तत्काल नजिकको प्रहरी कार्यालय वा एक्याप, एक्यापको चेकपोस्टमा खबर गर्न भनिएको छ ।

एक्याप मनाङका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार मौसम प्रभावित भएपछि पदमार्ग आएका पर्यटक फर्किएका छन् । शुक्रबार १०० जना जति र शनिबार १५० जना जति फर्किएको बताए । कतिपय ठाउँमा पहिरो गएर बाटो बिग्रेको र कति ठाउँमा जोखिम भएकाले पर्यटक फर्किएका हुन् ।

याकखर्क, मनाङ, पिसाङ, चामे, दानाक्यूबाट पनि पर्यटक फर्किएका छन् । केही पैदल हिँडेर फर्किएका छन् । केही हेलिकप्टरमार्फत फर्किएको बताए । जोखिमको बाबजुद पनि पदमार्गमा पर्यटक आइरहेका छन् ।

लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुङ्गिन्छ ।


प्रकाशित : २०७९ आश्विन २३, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप