लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आफु बिरुद्ध परेको उजुरीको उम्मेदवारले जवाफ आज दिनु पर्ने

काठमाडौ, २५ असोज

प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवार बिरुद्ध परेको उजुरीवारे जवाफ दिनका लागि आज समयसिमा तोकिएको छ ।

२३ असोजमा उम्मेदवारी दिएका उम्मेदवार बिरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसिमा तोकिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारसहितका उम्मेदवार बिरुद्ध परेको छ । देशैभरीका उम्मेदवार माथी परेको उजुरी पछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सबन्धित उम्मेदवारलाई सुचना टाँस गरी सवन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ ।

उता, निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि अपरान्ह १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनेका लागि समयसिमा तोकिएको छ छ  । सोही दिन अपरान्ह ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ।


प्रकाशित : २०७९ आश्विन २५, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप