लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

तनाव, डिप्रेसन वा एक्लोपनबाट हैरान हुनुहुन्छ ? मोबाइलमा राख्नुहोस् यी ४ एप

आज १० अक्टोबर अर्थात विश्व मानसिक स्वास्थ्य दिवस । सन् १९९२ मा पहिलो पटक यो दिवसलाई मानसिक स्वास्थ्य विश्व सङ्घको पहलमा मनाइएको थियो । जुन एउटा विश्व मानसिक स्वास्थ्य संगठन हो ।

यसका सदस्य राष्ट्रहरूको सङ्ख्या १५० रहेको छ । तपाईँ हामी मध्ये कतिपयले मानसिक स्वास्थ्यलाई पागलपनको रूपमा हेरिरहेका हुन्छौँ । जब कि वास्तविकता त्यो होइन । मानसिक स्वास्थ्य तनाव, डिप्रेसन वा एक्लोपन समेत हुन सक्छ र आजकल यस्ता समस्या धेरै मानिसमा देखिन थालेको छन् ।

दौडधुपको अहिलेको दैनिकीमा हामी स्वयम् आफैमाथि ध्याद दिन बिर्सिरहेका हुन्छौँ । जसका कारण हामी सबै यस प्रकारका हैरानीको शिकार बन्छौँ । आज विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा हामीले केही एपको जानकारी तयार पारेका छौँ । जसले तपाईँलाई त्यस्ता हैरानीसँग जुध्ने प्रयासमा साथ दिन सक्छन् ।

१. ग्र्याटिच्युडः सेल्फ-केयर जर्नल (Gratitude: Self-Care Journal)

यो एप सन् २०१८ मा सुरु भएको हो । यो एपलाई यसरी डिजाइन गरिएको छ कि जसको सहयोगमा तपाईँ आफ्नो मानसिक स्वास्थ्यमा केन्द्रित रहन सक्नुहुन्छ ।

यसमा रहेका भिजन बोर्ड र दैनिक उत्प्रेरक सामग्रीहरूले तपाईँलाई त्यस्ता सबै टुल तथा रिमाइन्डरहरूमा पहुँच दिनेछन्, जसको माध्यमबाट तपाईँले प्रेरणा प्राप्त गर्न सक्नुहुनेछ । साथै तपाईँ आफूलाई प्रेम गर्न एउटा स्वस्थ समय तालिका बनाउन समेत सक्नुहुन्छ ।

२. इभोल्भः सेल्फ-केयर एन्ड मेडिटेसन (Evolve: Self-Care & Meditation)

यदि तपाईँ राम्रोसँग निदाउन चाहनुहुन्छ, डिप्रेसनसँग जुधिरहनु भएको छ र एन्जाइटी तथा तनावबाट बाहिर निस्किन चाहनुहुन्छ भने यो एप निकै सहयोगी बन्न सक्छ ।

यो एपले तपाईँलाई वैज्ञानिक रूपमा प्रमाणित तौर तरिका अपनाउने मौका दिनेछ । इभोल्भ एउटा मानसिक स्वास्थ्य सम्बन्धी एप हो र यसले एलजीबीटीक्यू समुदायका लागि एउटा सुरक्षित स्थान उपलब्ध गराउँदछ ।

 

३. बिङ्गः माई मेन्टल हेल्थ फ्रेन्ड (being: my mental health friend)

यो एउटा मौलिक प्रकारको सेल्फ-थेरापी एप हो । यसले तपाईँलाई आत्म-हेरचाहका लागि गाइडको काम समेत गरिदिनेछ । यो एउटा थेरापी एप हो, जुन अन्य एपभन्दा भिन्न छ । यो एप तपाईँले महसुस गरिरहेका विषयलाई सम्बोधन गर्न बनाइएको हो ।

चाहे त्यो तपाईँको तनाव होस् वा डिप्रेसन अथवा एक्लोपन नै किन नहोस्, यो एपले तपाईँलाई हरेक प्रकारका मानसिक समस्या सामना गर्न सहयोग गर्नेछ ।

४. जम्पिङ माइन्ड्स-फिल बेटर (Jumping Minds – Feel Better)

यो एपले तपाईँलाई राम्रो महसुस गर्नेदेखि अन्य कयौँ समाधान दिन सक्छ । यसमा तपाईँ अन्य व्यक्तिहरूको मूल्याङ्कन बिना नै आफ्ना कुराहरू राख्न सक्नुहुन्छ ।

यहाँ तपाईँ आफ्नो जीवनका नराम्रा अनुभव समेत शेयर गर्न सक्नुहुन्छ र तपाईँलाई कसैले पनि मूल्याङ्कन  गर्ने छैन । अर्को कुरा यदि तपाईँ तनावग्रस्त, चिन्तित, उदास वा एक्लोपन महसुस गरिरहनु भएको छ र कसैसँग कुरा गर्न चाहनु हुन्छ भने तपाईँले यो एपको सहयोग लिन सक्नुहुन्छ ।


प्रकाशित : २०७९ आश्विन २६, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप