लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कार्यालयमा पृथ्वीनारायण शाहकोे तस्बिर राख्ने अभियान

बारा, २७ असाेज

बाराको निजगढ नगरपालिका- ९ निवासी समाजसेवी निर्मल खड्काले निजगढस्थित सरकारी र गैररकारी कार्यालयमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्ने अभियान सुरु गरेका छन् ।

राष्ट्रको एकीकरण गरेर नेपालको अस्तित्व जोगाउने कार्यमा महत्वपूर्ण योगदान गरेका व्यक्तिलाई धेरैले बिर्सन लागेको देखेर पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै कार्यालयहरूमा फोटो राख्ने अभियान थालेको उनकाे भनाइ छ ।

‘मैले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरलाई विभिन्न कार्यालयमा राखेर नयाँ पुस्तालाई राष्ट्रनिर्माताको बारेमा जानकारी होस् भन्ने लक्ष्यका साथ यो अभियान सुरू गरेँ, अब मेरो अभियान सबै राष्ट्रप्रेमी र राष्ट्रसेवकहरूले पनि राष्ट्रनिर्मातालाई साक्षी राखेर काम गर्नुस् भन्ने हो,’ उनले भने ।

खड्काका अनुसार पृथ्वीनारायण शाहको तस्बिर निजगढका विभिन्न कार्यालयबाट माग भएको र धेरैमा राख्ने कामसमेत पूरा भएको छ ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar


प्रकाशित : २०७९ आश्विन २७, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप