लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बाढीपहिराेले दैलेख चामुण्डाका ४० घरपरिवार विस्थापित, ९६ घरधुरी जोखिममा

सुर्खेत, २७ असोज ।

१९ असाेजदेखि लगातार परेको वर्षाले देशभर ठूलो धनजनको क्षति भएकाे छ । मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दसैं कर्णालीवासीका लागि निकै पीडादायी बनेकाे छ ।

सर्वसाधारणले बल्लतल्ल दसैंकाे टीका लगाउन त भ्याए तर वर्षा, चिसो र हिलोका कारण देश विदेशबाट दसैं मनाउन घर आएकाहरूले परिवारमा बसेर आपसमा खुसी  साट्ने अवस्था भएन । दसैंको टीकाकै दिन बिहानैदेखि पानी परेकाे थियाे। यही पानीका कारण सर्वसाधारणले विपद्को सामना गर्नुपर्याे ।

अविरल बर्षातका कारण कर्णालीका विभिन्न स्थानजस्तै दैलेखमा पनि ठूलो क्षति भएको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाका विभिन्न वडा ४० घरपरिवार विस्थापित भएको छन् । नगरपालिकाका मेयर गणेशकुमार शाहीले वर्षातका कारण घर भत्किँदा ४० परिवार विस्थापित भएका छन् । उनीहरू आफन्तको घरमा आश्रय लिइरहेका छन् ।

मेयर शाहीका अनुसार ९६ घरधुरी उच्च जोखिममा छन् । विपद्का कारण पीडित परिवारजनहरुलाई सहयोगको लागि कर्णाली प्रदेश सरकार तथा नेपाल सरकार र दातृ निकायहरूसँग मेयर शाहीले सहयाेगका लागि आह्वान समेत गरेका छन् ।


प्रकाशित : २०७९ आश्विन २७, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप