लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

दलहरू रुष्टलाई फकाउँदै हैरान : नतिजा उल्टिने चिन्ता

हेमन्त केसी
सुर्खेत, २९ असोज । चुनाव नजिकिदै गर्दा सत्तारुढ गठबन्धनबाट रुष्ट भएकाहरूको मन चोर्न प्रमुख प्रतिपक्ष एमालेका उम्मेदवारहरू न्वारन देखिको बल लगाइरहेका छन् । कर्णालीका सबै ठाउँमा उम्मेदवारी दिएको एमालेले टिकट नपाएर रुष्ट भएकादेखि नेकपा एसका नेता कार्यकर्तालाई आफ्नो पक्षमा भोट दिन लविङ तीव्र बनाएकाे छ ।

नेकपा एसका नेता तथा कार्यक्रतालाई एमालेमा प्रवेश गराउनेदेखि रुष्टलाई हातमा लिएर चुनाव आफ्नो पक्षमा पर्ने दाउ एमालेकाे छ । उता, सत्ता गठबन्धनका दलहरू टिकट नपाएका, बागी बनेकालाई फकाउन मै समय खर्चिरहेका छन् । नतिजा आफ्नो पक्षमा पार्न गठबन्धन सम्वद्ध दलहरू आफ्नाे पराजयले प्रदेश तर संघीय सरकार निर्माणमा समेत अंक गणितीय हिसाब नमिल्दा समस्या हुने भन्दै चनाखो भएर लागेका छन् ।

गठबन्धनमा भएको सहमतिअनुसार थोरै मात्र सिट दलहरूको भागमा परेकाले सबैको चित्त बुझाउन नसकिएको माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । प्रदेश इन्चार्ज मल्ल प्रत्यक्षतर्फ चुनावमा सहभागी नभएका नेतामध्ये पर्छन् । माओवादी कै प्रदेश अध्यक्ष विमला केसीले पनि यस पटक चुनावमा भाग लिएकी छैनन् ।

कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाही आफैमा प्रदेशसभाका लागि जुम्ला-१ (क)का उम्मेदवार हुन् । उनी मुख्यमन्त्रीका दावेदार पनि हुन् । कर्णालीका पूर्व आन्तरिक मामिला तथा कानुनममन्त्री मन्त्री तथा  एवं माओवादीका केन्द्रीय सदस्य नरेश भण्डारीले टिकट पाउनेमा आशावादी भए पनि अन्तिममा गोमा कुँवरलाई टिकट दिएपछि उनले टिकट पाएनन् । टिकट नपाएपछि उनले लेखेकी छिन्, ‘इमान्दारिता, सक्षमता, लोकप्रियता र बौद्धिकताको बधशाला माओवादी केन्द्र नहोस् । गुटगत तराजुको अन्यायपूर्ण जोखाइबाट पीडित हुँदै आएको कर्णाली यस पटक पनि अछुतो रहेन ।’

मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला-१ (क) बाट प्रदेशसभाका उम्मेदवार बनेका छन् । उनी पनि मुख्यमन्त्री कै लाइनमा रहेक व्यक्ति हुन् । सभापति शाहीको बागीमा कांग्रेसकै देवेन्द्रबहादुर शाहीले उम्मेदवारी दिँदा सभापति शाहीको टाउको  दुखेको छ । एमालेबाट धिरेन्द्रराज गिरी उम्मेदवार बनेका छन् । यो क्षेत्रमा नेकपा एसको उम्मेदवार छैनन् ।

गठबन्धनकै साझा उम्मेदवार गोमा कुँवरविरुद्धमा माओवादीकै डा. कलबहादुर रोकायले बागी उम्मेदवारी दिएका छन् । कुँवरलाई नेकपा एस, कांग्रेसले सघाए जित निश्चित रहे पनि बागीका कारण उनी समस्यामा परेकी छिन् । पूर्वमन्त्री समेत रहेकी कुँवर कर्णाली कै गठबन्धनकी एक मात्र महिला उम्मेदवार हुन् ।

कालीकोटबाट कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले प्रतिनिधिसभामा उम्मेदवार बन्ने योजनामा रहे पनि त्यहाँ माओवादीको भागमा पर्दा उनी उम्मेदवार बन्न पाएनन् । कांग्रेस इतर पक्षधर नेता शाही यसअघि ०७० र ०७४ सालको निर्वाचनमा पराजित भएका थिए । सो क्षेत्रमा ०७० सालमा भुपेन्द्रजंग शाहीसँगै प्रतिस्पर्धा गरेका माओवादी केन्द्रका नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।

दैलेख निर्वाचन-२ बाट प्रतिनिधिसभाका लागि पहिलो पटक उम्मेदवार बन्न सिफारिस भएका विष्णु रिजालको अन्तिममा टिकट प्राप्त गर्न सकेनन् । एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख समेत रहेका रिजाल राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहिरहने व्यक्ति हुन् । उनीसहित सोही क्षेत्रबाट टिकट नपाउनेमा कर्णालीका सभामुख राजबहादुर शाही पनि छन् ।

०७४ सालमा  दैलेख-२ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका शाही यो पटक प्रतिनिधिसभामा जाने तयारीमा थिए । एमालेभित्र पाँच जनाको रस्साकस्सीबीच संविधानसभा सदस्य लक्ष्मीप्रसाद पोखरेलले टिकट पाए । पोखरेल ०७० सालमा दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । सिफारिस भएका पाँच जनामध्ये एमाले प्रदेश अध्यक्ष विनोद शाह भने प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् ।

कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दिपेन्द्र रोकाय पनि पहिलोपटक हुम्लाबाट चुनावमा भाग लिने तयारीमा थिए । तर टिकट पाएनन् । माओवादी केन्द्र हुम्लाका संयोजकसमेत रहेका रोकाय माओवादी केन्द्रभित्र बौद्धिक नेताको रुपमा चिनिन्छन् । माओवादी केन्द्रले कार्चेन लामालाई उम्मेदवार बनाएको छ । लामा समुदायमा आफ्नो प्रभाव बढाउन कोर्चेनलाई माओवादीले अघि सारेको छ । उनी प्रदेश सरकारमा ६ महिना मन्त्रीसमेत बनेका थिए ।

सत्ताका लागि मरिहत्ते गर्ने डोल्पाका नन्दसिंह बुढा पनि टिकट नपाउने सूचीमा छन् । ०७४ मा एमालेबाट प्रदेशसभा जितेका उनी सत्ताको लागि ‘फ्लोर क्रस’ गर्नेदेखि दल अदल–बदल गर्ने व्यक्तिमा रुपमा परिचित छन् । नेकपा विभाजनपछि समाजवादीमा लागेका उनी डोल्पा जिल्लाका अध्यक्षसमेत थिए । डोल्पामा समाजवादीका धनबहादुर बुढाले प्रतिनिधिसभाको टिकट नछाड्ने भएपछि नन्दसिंहले पार्टी त्यागेका हुन् । १३ असोजमा एमाले महासचिव शंकर पोखरेलको हातबाट टीका, माला लगाएर टिकट पाउने सपना सहित एमाले प्रवेश गरेका उनले एमालेबाट टिकट भने नपाउदा सामाजिक सञ्जालमा पीडा पोखिरहेका छन् ।

कर्णाली प्रदेशका पुर्वमन्त्री खड्कबहादुर खत्री सुर्खेत-१ (ख) बाट एमालेबाट प्रदेशसभा सदस्यका लागि सिफारिसमा परे पनि टिकट पाउन सकेनन् । डण्डी शर्मालाई पार्टीले टिकट दिएपछि खत्री निरास भएका छन् । टिकट नपाएको आवेगमा खत्रीले शर्माविरुद्ध बागी उम्मेदवारी दिएका थिए । तर, पछि फिर्ता लिए ।

माओवादी केन्द्रबाट दैलेख-२ (ख) बाट प्रदेशसभाका लागि एकल सिफारिस भए पनि चुनाव लड्न नपाउनेमा उपेन्द्रकुमार रावत (सुशील) पनि छन् । टिकट पाएर पनि अन्तिममा आएर उनको टिकट खोसेर एमालेको अर्थ तथा योजना विभागका केन्द्रीय सचिव रहेका योगेन्द्र शाही माओवादीमा प्रवेश गरेपछि उक्त  टिकट शाहीलाई थमाएको छ ।

जाजरकोटमा गठबन्धनविरुद्ध नेकपा एसका जिल्ला अध्यक्ष कमान खड्काले उम्मेदारी दिएका छन् । जाजरकोटमा नेकपा एसकाे आधिकारीक उम्मेदवार थिएनन् । नेकपा एसका जिल्ला सचिवसहित ३४ जना शुक्रबार मात्रै एमालेमा प्रवेश गरिसकेका छन् । गठबन्धनभित्रका रुष्ट टिमको सहयोग लिन सके कर्णालीम स्थानीय तहको नतिजामा तेस्रो भएको एमालेले स्थान उकास्न सक्ने सम्भावना छ ।


प्रकाशित : २०७९ आश्विन २९, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप