लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

डेंगु नियन्त्रणमा स्थानीय सरकारकाे सक्रियता : डोकोमा बाेकेर दुर्गम गाउँमा फगिङ्ग मेसिन

उदयपुर, ३० असोज । कटारी नगरपालिकामा डेंगु संक्रमण बढ्दै गएपछि नगरपालिकाले लामखुट्टे नष्ट गर्ने अभियानलाई  गाउँ तह सम्म पुर्‍याएको छ । कटारीमा अहिलेसम्म २९ जनामा डेंगु पुष्टि भएको छ ।

नगरपालिकाले दुर्गम गाउँहरूमा फगिङ्ग गरी लामखुट्टे नष्ट गरेको छ । १४ वडा रहेको नगरपालिकाको पहाडी भेग तथा पैदल जंगलको बाटो छिचोलेर स्वास्थ्यकर्मी लामखुट्टे नष्ट तथा स्वास्थ्य परीक्षण गर्न पुगेका छन् । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुरेस दाहालले शंकास्पद ज्वरोका बिरामी देखिएपछि कटारी नगरपालिका–१ को विकट गाउँ एक्लेसल्लामा समेत स्वास्थ्यकर्मीको टोली पठाएको जनाएका छन् ।

कटारीका विकट गाउँमा नगरपालिकाको टोली डोकोमा फगिङ्ग मेसिन लिएर लामखुट्टे नष्ट गर्न पुगेको छ । कटारी अस्पतालका सूचना अधिकारी नविन बस्नेतले अस्पतालमा नियमित ज्वरोका बिरामी आउने गरेको बताए । ‘ज्वरोमा पनि प्लेटलेस कम भएकालाई मात्रै डेंगु परीक्षण गर्ने गरेका छौं ।’ बस्नेतले भने, ‘ज्वरो आउने बित्तिकै डेंगुको शंका लागेर आउनेको संख्या बढ्दो रहेको छ । सवारीसाधन नपुगेका विकट गाउँगाउँमा समेत डोकोमा आवश्यक सामग्री बोकेर नगर प्रहरीको टोली लामखुट्टे नष्ट गर्न पुगेको छ ।’


प्रकाशित : २०७९ आश्विन ३०, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप