लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सत्ता गठबन्धनको चुनावी सम्पर्क कार्यालय स्थापना

उदयपुर, ३१ असोज
आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनले चुनावी सम्पर्क कार्यालयको स्थापना गरेको छ । उदयपुरको क्षेत्र नम्बर २ को गठबन्धनले कटारीस्थित भूगोलपार्कमा कार्यालयको सञ्चालनमा ल्याएको हो ।

कार्यालय उदघाटन गर्दै गठबन्धनबाट उदयपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभाका उम्मेदवार तथा एकीकृत समाजवादी पार्टीका उपसचिव जगन्नाथ खतिवडाले देश र जनता पहिलो हो भन्ने मान्यतलाई अघि बढाएर गठबन्धनलाई जिताउनु पर्ने बताए ।

उदयपुर २ को प्रदेश सभा २ तर्पmका उम्मेदवार नेपाली काँग्रेसका पूर्वक्षेत्रीय सभापति रामकुमार खत्रीले मतरुपी आशिर्वादले जितेर गएपछि शान्ति र स्थायीत्वको लागि सफल हुन चाहेको बताए ।

बैठकले १५ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको छ । समितिको संयोजक मोहनबहादुर खत्री, सह संयोजक राजेशचन्द्र श्रेष्ठ र सचिव बेगबहादुर आले रहेका छन् । बैठकको निर्णय सुनाउँदै संयोजक खत्रीले टोल तहसम्म मातहतका समिति गठन गर्न सकिने जानकारी दिए ।


प्रकाशित : २०७९ आश्विन ३१, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप