लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भक्तपुरमा टोटल केयर डेण्टल क्लिनिक सञ्चालनमा

भक्तपुर । भक्तपुरको च्याम्हासिंह नविल बैंकसँंगै शनिबारदेखि टोटल केयर डेण्टल क्लिनिक सञ्चालनमा ल्याइएको छ । क्लिनिकको शनिबार भक्तपुर घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष प्रेमकृष्ण खर्वुजाले रिवन काटेर उदघाटन गरेका छन् ।
सञ्चालक रमेश खाइजूले भक्तपुरमै निजी क्लिनिक भन्दा सस्तो दरमा दाँंत सम्वन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले सेवा प्रारम्भ गरेको जानकारी गराए । उनले भविष्यमा भक्तपुर, काठमाडौंमा शाखाहरु विस्तार गर्दै डेण्टल अस्पतालसम्म सञ्चालनको योजनासाथ सेवा शुभारम्भ गरेको जनाए ।
क्लिनिकमा दाँंत तथा मुखको परीक्षण, दाँंतको एक्सरे, दाँंत सफा गर्ने, दाँंत निकाल्ने, दाँंत भर्ने, दुखेको दाँंतको जरैदेखि उपचार गर्ने, दाँंतमा खोल हाल्ने, कृतिम दाँंत राख्ने, वच्चाहरुको दाँंतको विशेष उपचार,  बांगोटिंगो दाँंत मिलाउने, गिजा रोगको उपचार तथा शल्यक्रिया, दाँंत टल्काउनेलगायतका सेवा रहने जनाइएको छ ।
क्लिनिककी अध्यक्ष शान्ति दुवालले निकट भविष्यमै भक्तपुरमै पहिलो पटक ओपीजी (३२ वटै दाँत देखिने गरी गरिने एक्सरे) सेवा सञ्चालन गर्ने योजना रहेको बताइन् । क्लिनिकमा विहान नौ बजेदेखि राति नौ बजेसम्म सेवा हुने जनाइएको छ । आकस्मिक सेवा भने २४ सै घण्टा रहने कार्यक्रममा जनाइयो । क्लिनिकमा नयाँं प्रविधिबाट उपचार हुने जनाइयो ।


प्रकाशित : २०७९ कार्तिक ५, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप