लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कैलालीमा कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

धनगढी, १० कार्तिक

कैलालीमा कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा बा १२ च २११४ नम्बरको कारले सुपप्र ०१ ००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोदावरी नगरपालिका–२ तेघरीका ३३ वर्षीय शेरबहादुर पुनमगरमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएका उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । कार चालक ३३ वर्षीय युसुभ श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित : २०७९ कार्तिक १०, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप