लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कंगोमा भागदौड हुँदा ११ जनाको मृत्यु

किन्सासा–दक्षिण कोरियामा भागदौडमा १५० भन्दा बढी मानिसको मृत्युका कारण विश्व समुदाय स्तब्ध भइरहेका बेला यस्तै घटना प्रजातान्त्रिक गणतन्त्र कंगोमा दोहोरिएको छ । राजधानी सहर किन्सासाको एउटा रंगशालामा भएको एउटा कन्सर्टमा भागदौड हुँदा २ प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको छ । ८० हजार दर्शक क्षमता भएको शहिद रंगशालामा उक्त घटना भएको गृहमन्त्री डेनियल एस्लो ओकिटोले बताए । ‘दुुई प्रहरीसहित ११ जनाको मृत्यु भएको छ’, गृहमन्त्री ओकिटोले भने । क्षमताभन्दा बढी दशर्कका कारण उक्त दुुर्घटना भएको जनाइएको छ ।

‘आयोजकहरुले क्षमताभन्दा शतप्रतिशत दर्शक राखेको पाइएको छ ।  उनीहरुलाई सजाय दिनुुपर्छ’, ओकिटोले भने । अक्टोबरमा रंगशालामा भागदौड भएको यो दोस्रो घटना हो । यसै महिनाको सुुरुमा इन्डोनेसियाको जाभा प्रान्तमा भागदौड हुँदा १२५ जनाको मृत्यु हुनुका साथै केही घाइते भएका थिए ।


प्रकाशित : २०७९ कार्तिक १४, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप