लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मुलुकको समृद्धिका लागि गठबन्धन : कांग्रेस नेता महर

डडेल्धुरा, १५ कात्तिक
नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकको समृद्धिका लागि गठबन्धन गरिएको बताएका छन् ।

चुनाव प्रचारका क्रममा डडेल्धुरा पुगेका महरले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती व्यभीचारी शासनको पुनरावृत्ति हुन नदिन पनि गठबन्धन भएको जिकिर गरेका हुन् ।

‘संविधान नै च्यात्न खोजेपछि वर्तमान गठबन्धन बनेको हो । त्यो कांग्रेसको रहर होइन । देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन गर्नुपरेको बाध्यात्मक अवस्था थियो । गठबन्धन बनेपछि मुलुक ठूलो दुर्घटनामा जानबाट जोगिएको छ। त्यसैले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनु होला,’ महरले भने ।

डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लड्न उम्मेदवारी दिएकाहरूको जमानत जफत हुने महरको दाबी छ ।

महरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कुनै एक क्षेत्रको विकासका लागि मात्र नभई समग्र मुलुकको विकासका लागि हुने बताए ।


प्रकाशित : २०७९ कार्तिक १५, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप