लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

अमिताभ बच्चनको बुहारी हुन नसकेका यी अभिनेत्री

मुम्बई, १५ कात्तिक

बलिउडमा सर्वाधिक चर्चामा अभिनेत्री ऐश्वर्या राय बच्चनले मंगलबार आफ्नो ४९ औं जन्मदिन मनाउँदैछिन् । ऐश्वर्यले बलिउडमा कैयौं फिल्ममा अभिनयको जादु देखाइसकेकी छन् । उनको नाम बलिउडका कैयौं अभिनेतासँग जोडिएको थियो । अन्ततः उनको भाग्यमा अमिताभ बच्चनका अभिनेता छोरा अभिषेक बच्चन नै जुरे । यहाँ ती अभिनेत्रीको चर्चा गरिएको छ, जो अभिषेकको प्रेममा परेर पनि बच्चन परिवारको बुहारी हुन सकेनन् ।

करिश्मा कपूर

अभिनेता अभिषेक र अभिनेत्री करिश्मा कपूरको प्रेमकथाले एकताका बलिउडमा राम्रो चर्चा पाएको थियो । दुवैले इन्गेजमेन्ट पनि गरेका थिए, तर अन्तिम समयमा आएर उनीहरुको विवाह हुन सकेन । अहिलेको पुस्तामा पनि उनीहरुको प्रेमको चर्चा हुने गरेको छ ।

रानी मुखर्जी

यो सूचीको दोस्रो नाम हो, अभिनेत्री रानी मुखर्जी । अभिषेक र रानीले कैयौं फिल्ममा सँगै काम गरेका छन् । उनीहरु फिल्मको सुटिङका समयमा नजिकिएका थिए । तर, दुवैले सार्वजनिक रुपमा आफूहरुको सम्बन्धलाई खुलाएनन् । दुवैले ‘कभी अलविदा ना कहना’, ‘बन्टी और बबली’ र ‘युवा’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

दीपानिता शर्मा

दीपानिता शर्मासँग पनि अभिषेकको अफेयर थियो । दुवैले करिब १० महिनासम्म डेट गरेका थिए । यसपछि दुवै अलग्गिए ।

जाह्नवी कपूर

यो सूचीमा श्रीदेवीपूत्री जाह्नवी कपूरको पनि नाम छ । उनले अभिषेकले आफूमाथि धोका दिएको आरोप लगाएकी थिइन् । अभिषेककै कारण उनले आत्महत्या प्रयास पनि गरेकी थिइन् । तर, पनि यसलाई एक स्टण्टका रुपमा लिइयो ।

निर्णायक ऐश्वर्या

अभिषेक र ऐश्वर्याको भेट फिल्म ‘और प्यार हो गया’मा भएको थियो । यो भेटपछि उनीहरुको अफेयर सुरु भएको थियो । यसपछि उनीहरु दुवैजना कैयौं फिल्ममा सँगै देखिए । अभिषेकसँग डेट पछि ऐश्वर्याले सन् २००७ मा विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान आराध्या छिन् ।


प्रकाशित : २०७९ कार्तिक १५, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •