लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

इजरायलमा चार वर्षमा पाँचौँ पटक निर्वाचनः चुनावपछिको सर्वेक्षणले देखाए नेतन्याहुको कमव्याक

एजेन्सी
जेरुसेलम, १६ कात्तिक
इजरायलका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहु मंगलबारको निर्वाचनपछि सत्तामा फर्किने मत सर्वेक्षणहरुले देखाएका छन् । मंगलबारको चुनावपछि उनको दक्षिणपन्थी गुट संकीर्ण बहुमत तर्फ अग्रसर भएको सर्वेक्षणहरुले देखाएका हुन् ।

देशको सबैभन्दा लामो समय सेवा गर्ने पूर्वप्रधानमन्त्रीको पार्टीले १२० सिट भएको केन्सेट (संसद) मा कम्तीमा ६१ वा ६२ सिट जित्ने सर्वेक्षणले देखाएका छन् । तथापि, चुनावको वास्तविक नतिजा प्रारम्भिक एक्जिट पोल भन्दा फरक हुन सक्छ जुन यस हप्ताको अन्त्यसम्म अपेक्षित छैन ।

यसैबीच, वर्तमान प्रधानमन्त्री यायर लापिडको येश अतिद पार्टीले कम्तीमा २४ सिट जित्ने अनुमान गरिएको छ । अर्कोतर्फ, इटामार बेन–गभिरको नेतृत्वमा रहेको धार्मिक जियोनिस्ट पार्टीले कम्तीमा १४ सिट जितेर तेस्रो ठूलो पार्टी बन्ने तयारी गरेको छ ।

चार वर्षभन्दा कम अवधिमा यो देशको पाँचौं निर्वाचन हो जसले धेरै मतदाताहरूलाई आक्रोशित बनाएको छ, तर रिपोर्टहरूले यसले सन् १९९९ पछिको सबैभन्दा बढी मतदाताको सहभागितालाई असर नगरेको उल्लेख गरेका छन् ।


प्रकाशित : २०७९ कार्तिक १६, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप