लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य : आयुक्त तुलाधर

काठमाडौं, १६ कात्तिक
निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले मतदानमा खसेको मत बदर नहोस् भन्ने आयोगको लक्ष्यमा सघाउन समुदायस्तरमा मतदातालाई सही सूचना दिएर सुसूचित मतदाता तयार गर्न सञ्चारकर्मीलाई आग्रह गरेकी छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका निर्वाचनका लागि आयोगले कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त डा तुलाधरले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउन आयोग लागिरहेको बताउँदै निर्वाचन आचारसंहिताको अनुगमन र पालनामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिन् ।

उनले निर्वाचनको सञ्चालन, व्यवस्थापन, नियन्त्रण र रेखदेखका लागि संविधानले दिएको जिम्मेवारी पूरा गर्न आयोग कटिबद्ध रहेको र आचारसंहितामा पहिलो पटक मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई परिभाषित गरी त्यसलाई नियमनको व्यवस्था गरिएको बताइन् ।

आयोगका सूचना र गतिविधिबारे आममतदाता र सञ्चारमाध्यमको सहज पहुँचका लागि आयोगले प्रेस अफिसको सञ्चालन, निर्वाचन इ बुलेटिनको सञ्चालन र टोल फ्रि नम्बर ११०२ बाट कल सेन्टरको सञ्चालन भइरहेकाले त्यसबाट लाभ लिन उनले आग्रह गरिन् ।


प्रकाशित : २०७९ कार्तिक १६, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप