लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जुम्लामा सेनाको हेलिकोप्टरमार्फत् मतपत्र ल्याइँदै

जुम्ला, १७ कात्तिक
जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमार्फत् मतपत्र ल्याउन थालिएको छ । जुम्लाका लागि निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ओसार्न थालेको हो ।

सेना नन्दबक्सगणका गणपति रविन थापाका अनुसार बुधबार २ पटक सेनाको हेलिकोप्टरले मतपत्र ल्याइएको छ । कर्णाली राजमार्गबाट ठूला गाडी आउन नसकेकाले मतपत्र हेलिकोप्टरमार्फत् ल्याउन थालिएको हो  ।

काठमाडौंबाट सुर्खेत गाडीमा मतपत्र पुगेको हो भने त्यहाँबाट जुम्ला ओसार्ने काम हेलिकोप्टरमार्फत् भइरहेको छ ।

स्थानीय तहको निर्वाचनमा ट्रकमार्फत् मतपत्र ल्याइएको थियो ।

जुम्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार सुर्खेतबाट हेलिकोप्टरमा समानुपातिक तर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ  । उनले  प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिक तर्फ ७४ हजार मतपत्र जुम्ला ल्याइएको  ।  अब समानुपातिकको चार हजार मतपत्र आउन बाँकी छ । उनका अनुसार  बाँकी मतपत्र बिहिबार  ल्याइने छ ।

जुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि ७६ हजार मतपत्र र प्रदेशसभा ‘क’ का लागि आवश्यक ४१ हजार तथा प्रदेशसभा ‘ख’ का लागि ३६ हजार मतपत्र माग गरिएको  छ ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar


प्रकाशित : २०७९ कार्तिक १७, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप