लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बिजुली च्याप्टर १ को अडिसन आह्वान

काठमाडौं, १८ कात्तिक

निर्माणको तयारीमा रहेको फिल्म ‘बिजुली च्याप्टर १’ ले केही कलाकारका लागि अडिसन आह्वान गरेको  छ ।

आगामी २२ कात्तिकमा कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० वर्ष उमेरको पुरुष, ३० देखि ३५ वर्षको पुरुष र १८ देखि २८ वर्ष उमेरको महिला कलाकार र अन्य सपोर्टिंङ क्यारेक्टर छानिने छ ।

विकास गिरीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मकी निर्माता लुना केसी हुन् । विकासको यो डेब्यू निर्देशन हो । बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिशा हमाल, कालु राना अनुबन्धित भइसकेका छन् ।

फिल्मको क्रियटिभ प्रोड्युसर केदार भुसाल हुन् । फिल्ममा हरि घले लामाले छायांकन, शंकर धितालको एसोसिएट निर्देशन, आयुष बिसीको मुख्य सहायक निर्देशन हुनेछ ।

फिल्मको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् । चार युग सत्य, त्रेता, द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको फिल्मको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरीले जानकारी दिए ।

‘यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो,’ निर्देशकले गिरीले भने । हिन्दू धर्मग्रन्थहरू रामायण, महाभारत र भागवत गीताका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो ।


प्रकाशित : २०७९ कार्तिक १८, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप