लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

हर्षाेल्लासका साथ सम्पन्न मधेसमा सामा चकेवा 

सप्तरी, २२ कात्तिक

सप्तरीसहित मधेश प्रदेशमा हर्षाेल्लासका साथसामा चकेवा पर्व मनाइएको छ । मधेसका जिल्लाहरुमा प्रत्येक वर्ष कार्तिक षष्ठी तिथि छठ पर्वकै दिनदेखि कार्तिक पूर्णिमाको मध्य रातिसम्म दाजुभाइ दिदी बहिनीसँग जोडिएको सामा चकेवा पर्व भव्यताका साथ सोमबार सम्पन्न भएको हो ।

दाजुभाइलाई दिदीबहिनीहरूले आशिषका गीत महिमा गाएर सामा चकेवा सम्पन्न गर्ने चलन छ ।‘सामा खेल गेलिह हौ भैषा चखेवा ल्याई गेल चोर, हमर भैया जुगजुग जीवत भौजोक बढ्त अहिवात’ लगायतका गीत गाउने चलन छ । यो पर्वमा माटोबाट बनाइएको सामा र चखेवा सतभैया, भमरा बृन्दावन लगायत दही चिउरा बाँसको चँगेरीमा हालेर टाउकोमाथि राखेर दिदीबहिनीहरु खोला तलाउको छेउमा राति अबेरसम्म गीत गाएर दाजुभाइलाई आशिष दिने चलन छ ।

दाजुभाइ दिदीबहिनीबीचको अगाध प्रेमलाई दर्शाउने पर्वको रूपमा मनाइने सामा चकेवा पर्व  मधेसका दिदीबहिनीले महत्त्वका साथ मनाउँछन् । छठ पर्वदेखि नै तराईका घरघरमा साँझ पर्नेबित्तिकै बालिका, किशोरी, युवती, महिला, बृद्धाहरू समूहमा बसेर दाजुभाइ दिदीबहिनीसँग जोडिएको गीत गाउन व्यस्त देखिन्थ्ये ।

सामा, चकेवा, चुगलाको माटोको विभिन्न आकृतिको मूर्ति बनाउने, बनाउन नसकेकाहरूले बजारबाट किनेर ल्याएको मुर्ति ढक्कीमा राखेर दाजुभाइको दीर्घायुको कामना गर्ने चलन छ । द्वापर युगमा भगवान् श्रीकृष्णकी छोरी श्यामाले आफ्नो भाइ शाम्बको दीर्घायुको कामना गर्दै सामा पर्व मनाइएको मान्यता अनुरुप अहिले पनि रहेको छ ।

माटो, जुट, करजन्नी लागयतका स्थानीय उत्पादनबाट बनाएका प्रतिमालाई पूणिर्माको राति दाजुभाइले भाँचेर खेतमा नदी पोखरीको डिलमा सेलाइएको छ । दाजुभाइ–दिदीबहिनीको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरिने यस पर्वलाई मिथिलाका दाजुभाइ दिदी बहिनीले भातृत्व सम्बन्धलाई प्रगाढ बनाउने चााडका रुपमा समेत लिने गरेका छन् ।


प्रकाशित : २०७९ कार्तिक २२, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •